नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लीलामणि पौडेलले बहस गरिरहेका छन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।मुद्दाको प्र