प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर