काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्न अस्वीकार गरेकी छिन्। मंगलबार मध्यरातिसम्म रहेको विधेयक प्रमाणिकरण गर्ने समयमा त्यसमाथि कुनै निर्णय नगरेकी हुन्। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी छिन्। भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश भएको मंगलबार १५ दिन पुगेको थियो। […]