‘राष्ट्रपतिको सरोकारसँग हाम्रो विचार मिल्छ तर उहाँलाई संविधान उल्लंघन गर्ने छुट छैन’

काठमाडौं : सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा आपत्ति जनाएका छन्। राष्ट्रपतिले विधेयकको प्रक्रिया र अन्तरनिहीत मुद्दाहरूका सम्बन्धमा सरोकार देखाएका कतिपय विचारहरूसँग आफूहरुको सहमति रहेको उनको भनाइ छ।संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता विधेयकका बारेमा बिभिन्न दृष्टिकोण र विचारहरु रहेको भन्दै उनले  यसको सम्मान गरिनु पर्ने बताएका छन् ।‘

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट छैन : श्रेष्ठ

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको कदम भएको बताएका छन् । बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले नागरिकताका विषयमा विभिन्न विचार र दृष्टिकोण भए पनि संविधान अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बाध्यता रहेको बताएका हुन् । ‘हामी के कुरामा पनि स्पष्ट छौं भने […]