डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ।नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतारामा भने बिहीबार मात्रै अष्टमी मनाइने भएको हो। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ।घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले बिहीबार मात्रै अष्टमी मनाइने अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिए।डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्