आज कागे अष्टमी पर्व मनाइँदै : कागेश्वरी मनोहरामा दर्शनार्थीलाई निःशुल्क बस सेवा

काठमाण्डाै - आज कागे अष्टमी पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा पूजा गरिन्छ । कागेश्वरी मन्दिरमा हरियो मकै चढाएमा बारीमा लगाएको मकै कागले नखाने धार्मिक विश्वास समेत छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण काठमाण्डौको कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश–विदेशबाट भक्तजनको भिड लाग्छ । श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनल...