उग्रतारा भगवतीमा अष्टमी मेला (फोटो फिचर)

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लागेको छ। नेपाली पात्रोअनुसार बुधबार महाष्टमी परे पनि उग्रतरामा भने बिहीबार मात्रै अष्टमी मेला लागेको हो।घटस्थापनादेखि आठौँ दिन अष्टमी मनाइने प्रचलन रहकाले बिहीबार मात्रै अष्टमी लागेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। मेलाका अवसरमा उग्रतारामा एक दर्जनभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ।बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। डडेल्धुरा सदरमुकामबाट