सुर्खेतमा सामाजिक अभियन्ता शाही समूह पछि हट्यो

सुर्खेत । वीरेन्द्रनगर–१३ स्थित करेखोला जनताको चर्को विरोध पछि अभियन्ता ज्ञानेन्द्र शाही समूह पछि हटेको छ । गत शुक्रवार सामाजिक अभियन्ता शाही समूह र करेखोला स्थानीय बिच भएको झडपमा पाँच जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो भने शाही समूहका घाइतेको उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको थियो । दुवै पक्षसँग प्रहरीले छलफल चलाई १३ नं.वडा अध्यक्ष […]

सम्बन्धित सामग्री

सुर्खेतमा जारी निषेधाज्ञा आजबाट हट्यो

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा आज बिहिबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटाईएको छ। एमसीसी अनुमोदनको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह तोडफोठमा उत्रिएपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो भने मंगलबार स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेकोथियो […]

सुर्खेतमा सवारी साधनमा लगाइएको जोर–बिजोर हट्यो

सुर्खेतमा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएसँगै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।  गएको असार १८ गतेदेखि सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने गरी जोरबिजोर प्रणाली लागु गरिएको थियो ।  मंगलबार यातायात व्यवसायीसँग छलफल गरेर जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जोरबिजोर प्रणाली हटाई जिल्लाभित्र यातायात सेवा संचालन गर्ने, कतिपय सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सबै सवारी साधनले तोकिए

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वी खण्डमा हट्यो अन्योल

सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योल हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरू भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।      आयोजनाको निरन्तर निगरानी गरिरहेकान सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरू हुने बताए । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । ‘निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदै छ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ,’ उनले भने, ‘ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।’ २०३६ मा ट्र्याक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन । सडकको ९ मिटर चौडाइसम्म कालोपत्र गरिनेछ । हाल उक्त सडकको चौडाइ करीब ४ मिटर छ । स्तरोन्नति गर्दा करीब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्ग १२९ किमी पर्छ । तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्छ । पश्चिममा बड्डीचौर–बेनीघाट सडक खण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ । यो पनि ट्र्याक खोलिएको पुरानो सडक खण्डमा पर्दछ । पूर्वी क्षेत्रको बोलपत्र प्रक्रिया शुरू भइसक्दा पश्चिम खण्डमा भने अन्योल कायमै छ । केही समय स्थानीयवासीको अवरोधका कारण डीपीआर तथा ईआईएको काम प्रभावित भएको थियो । रासस

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वीखण्डमा हट्यो अन्योल

पूर्व पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योलता हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरु भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।          आयोजनाको निरन्तर निगरानी गरिरहनुभएका सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरु हुने बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । “निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदैछ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।” विसं २०३६ मा ट्रयाक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन ।