बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
२५ असोज, मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको परकम्प गएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको परकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । उनका अनुसार बझाङमा गत […]
२० असोज, काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी […]
काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए नभएको विवरण […]
बिहीबार विहान बैतडीमा २२ औं राष्ट्रिय भूकम्प दिवस मनाउने तयारी गरिरहेका बेला बझाङमा भूकम्प गएको छ । बैतडीमा पूर्व अभ्यास गरेर भूकम्प दिवस बनाउने तयारी गरिरहेका बेला संयोगले बिहीबार बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङ। भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।
बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको ...
गत २०७९ कात्तिक २३ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब ७९६ परकम्प रेकर्ड भए । सो भूकम्पबाट छ जनाको मृत्यु भयो । त्यसैगरी माघ १० गते बाजुरा जिल्लाको विछिया आसपास ५.९ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब १२६ परकम्प रेकर्ड भए । सो भूकम्पका कारण एक जनाको मृत्यु भयो । पुनः बाजुरा जिल्लाको सोही क्षेत्र आसपास फागुन १० गते ५.२ रेक्टर स्केलको भूकम्प गयो । यी भूकम्पका धक्का भारतका विभिन्न स्थानलगायत राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । यी भूकम्पले डोटी, बाजुरा र बझाङमा सयौँ घर भत्किएको समाचार आए ।
बझाङमा मंगलबार बिहान नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा ४ दशमलभ ९ रेक्टर स्केल मापन गरिएको भूकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो। मापन केन्द्रले यो परकम्प नभई नयाँ भूकम्प रहेको बताएको छ। भूकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । यसअघि हिजो मात्रै दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६…