बझाङमा गयो नयाँ भूकम्प

बझाङमा मंगलबार बिहान नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसरा  ४ दशमलभ ९ रेक्टर स्केल मापन गरिएको  भूकम्प बिहान ६ बजेर ३५ मिनेटमा गएको हो। मापन केन्द्रले यो परकम्प नभई नयाँ भूकम्प रहेको बताएको छ। भूकम्प क्षतिको विवरण अहिले सम्म प्राप्त भएको छैन । यसअघि हिजो मात्रै दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलभ ६…

सम्बन्धित सामग्री

जाजरकोटमा भूकम्प गयो, माओवादीहरु सरकारी हेलिकप्टरमा गएः केपी ओली

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जाजरकोटमा भूकम्प जाँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नभएर माओवादी अध्यक्षको हैसियतमा उक्त क्षेत्रमा पुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘जाजरकोटमा भूकम्प गयो । माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गए […]

बाजुरामा गयो भूकम्प

काठमाडौं । बाजुरामा बिहीबार बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको छ । जिल्लाको बिछ्या केन्द्रविन्दु भइ ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । यही वैशाख २३ गते पनि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लमजुङमा पनि गयो भूकम्प

काठमाडौँ- दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर […]

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहीबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १३ मिनेटमा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको […]

बझाङको सैनपसेलालाई केन्द्रविन्दु बनाएर भूकम्प गयो

बझाँङ, ६ वैशाख । बझाङको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०३ बजे बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । रासस

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प गयो

ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ।...

इरानमा गयो शक्तिशाली भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।   भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पबाट अहिलेसम्म कुनै   धन र जनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

गयो, गयो… आयो, आयो, गयो… सांसद पद पनि के हो यस्तो !

२०७२ सालको भूकम्पपछि लामो समयसम्म हामी गयो, गयो, आयो, आयो…आयो गयो, आयो गयोमा अल्झिएका थियौँ। अहिले त्यसरी जमिन नहल्लिए पनि राजनीति हल्लने काम जारी छ। एमाले र माओवादी नामको दुई वटा पार्टी मिलेर नेकपा बनेको थियो। त्यही नेकपा भित्र झगडा हुँदा ठूलै भूकम्प गयो। सर्वोच्च अदालतले पार्टी नै छुट्याइदियो। त्यसपछि अझसम्म परकम्पनहरु आउने क्रम जारी… Continue reading

कलंकी केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं, बैशाख १५ । काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ स् ५९ बजे भूकम्प गएको हो ।  केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ । भूकम्प २०७२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।