नारायणगढ (अस) । नेपालमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा शुरुआत गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन सञ्चालनमा ल्याएको हो । उक्त एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ राईसहित नेपाली चलचित्र कवड्डी टिमद्वारा गरिएको हो । टाटा मोटर्स एक्सपिरियन्स दोस्रो जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा छ । यसअघि ललितपुरको पुल्चोकस्थित लबिम मलमा पहिलो एक्सपिरियन्स जोन रहेको कम्पनीले बताएको छ । दोस्रो एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरूमार्फत टाटा मोटर्सका गाडीहरूको बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।