जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग सम्झौता गरेपछि आमरण अनसनमा बसेका चुरे अभियन्ता सुनिलकुमार यादवले अनसन तोडेका छन्। शनिबार मुख्यमन्त्रीले यादवसँग भएको सम्झौतापछि मुख्यमन्त्रीको हातबाट फ्रुटी खाएर यादवले अनसन तोडेका हुन्। जन आवाज आन्दोलनअन्तर्गत १ महिना ७ दिनसम्म जनकपुरधामको जनक चोकमा धर्ना बसेका थिए। धर्नामा बस्दा सरकारले सोधपुछ समेत नगरेपछि शुनिलकुमार यादवले शुक्रबार साँझदेखि आमरण […]