काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेश बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन्। आइतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको चुरे संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मधेश बचाउनका लागि सरकारले सबैभन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताए। अध्यक्ष पौडेलले चुरे संरक्षणका लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गरे।उनले चुरे जोगाउन सबैभन्दा पहिला पहाडमा खोला क्