८ वटा विकास बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका अधिकांश विकास बैंक खराब कर्जा घटाउन सफल भएका छन् । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा राष्ट्रियस्तरका आठवटा विकास बैंकमध्ये पाँचवटा विकास बैंकले खराब कर्जा घटाउन सफल भएका हुन् । खराब कर्जा घटाउनेमा मुक्तिनाथ, साइन रेसुङ्गा, सांग्रिला, लुम्बिनी र महालक्ष्मी विकास बैंक रहेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो ...

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाको ऋण असुलीमा समस्या, १० वर्ष यताकै उच्च खराब कर्जा

काठमाडौँ । बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी) को कर्जा असुलीमा निकै समस्या देखिएको छ । यसको पुष्टि केन्द्रीय बैंकको तथ्यांकले गरेको छ । बैंक तथा वित्तीय संस्थाको हालको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । जुन १० वर्षकै उच्च हो । २०७१ असारमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा […]

नउठ्ने ऋणको थुप्रो, समस्याको पालो बैंकिङ क्षेत्रको ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औषतमा ३ प्रतिशतभन्दा माथि पुगेको छ । २१ वाणिज्य बैंकमध्ये हिमालयन बैंक, कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । यो तथ्यांकले अब समस्याको पालो बैंकिङ क्षेत्रको हो कि भन्ने बहस सिर्जना गराएको छ । अघिल्लो वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा […]

खराब कर्जायुक्त शीर्ष तीनमा सरकारी बैंक

निजी क्षेत्रका बैंकको तुलनामा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू ऋणीलाई दिएको कर्जा समयमै उठाउन कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको ६ महिनाभित्र तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) दर उच्च देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा २७ वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) औषतमा १.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार सरकारी स्वामित्वको तीन वाणिज्य बैंकसहित २४ निजी बैंकहरूले आर्थिक वर्षको पुस मसान्तसम्म प्रवाह

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव ७ रहेको छ, जुन दक्षिण एशियाका अन्य मुलुकका बैंकिङ क्षेत्रको भन्दा निकै कम हो ।दक्षिण एशियाली मुलुकहरूमध्ये पाकिस्तानको सबैभन्दा बढी निष्क्रिय कर्

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय […]

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव ७ रहेको छ, जुन दक्षिण एशियाका अन्य मुलुकका बैंकिङ क्षेत्रको भन्दा निकै कम हो । दक्षिण एशियाली मुलुकहरूमध्ये पाकिस्तानको सबैभन्दा बढी निष्क्रिय कर्जा देखिएको छ । उक्त मुलुकको बैंकिङ क्षेत्रको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ९ दशमलव २ प्रतिशत रहेको छ । माल्दिभ्सको ८ दशमलव ३ प्रतिशत र भारतको ७ दशमलव ९ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।  यस्तै बंगलादेशको ७ दशमलव ७ प्रतिशत र श्रीलंकाको ४ दशमलव ९ प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा देखिएको छ । दक्षिण एशियाका अन्य मुलुकको निष्क्रिय कर्जा झन्डै ५ प्रतिशतदेखि ९ प्रतिशत हुँदा नेपालको भने २ प्रतिशतभन्दा पनि तल हुनु सकारात्मक पक्ष रहेको विज्ञहरू बताउँछन् । गत मङ्सिर मसान्तसम्ममा नेपालको निष्क्रिय कर्जा १ दशमलव ३७ प्रतिशतमा सीमित भएको छ । बैंकविज्ञ बीएन घर्तीले निष्क्रिय कर्जाको हकमा नेपाली बैंकिङ क्षेत्रको अवस्था अत्यन्त राम्रो देखिएको बताए । नियामक निकाय नेपाल राष्ट्र बैंकले चुस्त अनुगमन र सुपरिवेक्षण गर्दा यस्तो नतीजा आएको उनको भनाइ छ । ‘त्यसमाथि पछिल्लो समय नेपाली बैंकहरू पनि परिपक्व भएका छन् । बैंकहरूको संख्या घटेर व्यवस्थापकीय कार्यहरू पनि राम्रो भएको छ,’ उनले भने, ‘फलस्वरूप बैंकबाट प्रवाहित कर्जाहरू खराब हुन पाएका छैनन् ।’ विसं २०६२–६३ तिर नेपाली बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको हिस्सा झन्डै ३० प्रतिशत पुगेको थियो । त्यसको आधारमा नेपाली बैंकहरूले कर्जालाई साँच्चै राम्रोसँग व्यवस्थापन गर्न सकेको घर्तीको बुझाइ छ । कोरोना महामारीले अधिकांश आर्थिक क्षेत्र प्रभावित हुँदा पनि निष्क्रिय कर्जा नबढ्नु समस्याको विषय हुन सक्ने उनले बताए । ‘राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था गरेर कोरोना प्रभावित क्षेत्रको कर्जा पुनर्तालिकीकरण वा पुनःसंरचना गर्ने व्यवस्था गर्‍यो । फलस्वरूप बैंकहरूले कोरोना प्रभावित कर्जालाई प्रोभिजनिङ गरेनन्,’ उनले भने, ‘उल्टै पुनर्कर्जामार्फत त्यस्ता प्रभावित कर्जाको ब्याज तिर्ने काम पनि भए जस्तो देखिन्छ । फलस्वरूप निष्क्रिय कर्जाको मामलामा नेपालको समस्या छोपिएको छ कि भन्ने देखिन्छ ।’ अन्तरराष्ट्रिय मुद्रा कोषले पनि नेपालमा निष्क्रिय कर्जालाई छोपिएको भनेर उल्लेख गरेको छ । त्यसैले, नेपाली बैंक तथा वित्तीय संस्थाहरूले कोभिडको असरलाई स्वीकार गर्दै आवश्यक कर्जा नोक्सानी व्यवस्था गरेर अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् । सिबिफिनले नेपाली बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समस्याको समाधानका लागि सुझावसहित अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्यससम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सिबिफिनका अध्यक्ष पवन गोल्यानले निष्पक्ष रूपमा उक्त अध्ययन गरिएको बताए । उनले भने, ‘तरलता समस्याको दीर्घकालीन समाधानका लागि यो अध्ययनले  महत्त्वपूर्ण योगदान दिन सक्छ ।’ तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक लगायत निकायले तत्काल समन्वयात्मक रूपमा अघि बढ्ने, व्यवसाय विस्तारमा संयम अपनाउने र कर्जा विस्तार रणनीतिलाई पुनरवलोकन गर्नुपर्ने सिबिफिनको भनाइ छ । यसैगरी विप्रेषणलाई प्रोत्साहन गर्ने नीति ल्याउने, आयात निरुत्साहित गर्ने कार्यक्रम ल्याउने, स्वदेशी वस्तु तथा सेवा प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउने, निक्षेप र कर्जाको मिश्रणमा सुधार गर्दै लैजाने पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

२१ बैंकको खराब कर्जा घट्यो

काठमाडौं । कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ ओटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन् । २७ ओटा वाणिज्य बैंकमध्ये २१ ओटा बैंक खराब कर्जा घटाउन सफल भएका छन् । सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ । यो बैंकले गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा मा १ दशमलव ५४ विन्दुले खराब कर्जा घटाउन सफल भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा घटेर शून्य दशमलव ३७ प्रतिशत कायम भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा १ दशमलव ९१ प्रतिशत थियो । खराब कर्जा घटाउनेमा दोस्रो स्थानमा हिमालयन बैंक लिमिटेड रहेको छ । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा यो बैंकको खराब कर्जा १ दशमलव ४१ विन्दुले घटेर चालू आवको दोस्रो त्रैमाससम्ममा शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । खराब कर्जा बढी घटाउने तेस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १ दशमलव १७ विन्दुले घटाउन सफल भएको छ । यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । सबैभन्दा बढी खराब कर्जा सरकारी बैंकको चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी खराब कर्जा हुने शीर्ष स्थानमा सरकारी स्वामित्वका तीनओटा वाणिज्य बैंक रहेका छन् । यस अवधिसम्ममा सबैभन्दा बढी खराब कर्जा हुने सरकारी बैंक पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक, दोस्रो स्थानमा कृषि विकास बैंक र चौथो स्थानमा नेपाल बैंक रहेको छ । बढी खराब कर्जा हुने तेस्रो स्थानमा भने निजीक्षेत्रबाट सञ्चालित नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ दशमलव शून्य ६ प्रतिशत रहेको छ । त्यसैगरी कृषि विकास बैंकको २ दशमलव शून्य ८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २ दशमलव शून्य ६ प्रतिशत र नेपाल बैंकको १ दशमलव ९१ प्रतिशत खराब कर्जा रहेको छ । १५ ओटा वाणिज्य बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि छ । यीमध्ये तीनओटाको खराब कर्जा २ प्रतिशतभन्दा माथि छ । सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआईको गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा खराब कर्जा शून्य दशमलव शून्य ५ विन्दुले घटाउन सफल भएको नेपाल एसबीआई बैंकको चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम खराब कर्जा रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा शून्य दशमलव १४ प्रतिशत कायम भएको छ । त्यस्तै खराब कर्जा कम भएको बैंकको दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा खराब कर्जा एभरेष्ट बैंकको शून्य दशमलव २६ प्रतिशत र सानिमा बैंकको शून्य दशमलव ३१ प्रतिशत कायम भएको छ । पाँच वाणिज्य बैंकको खराब कर्जा बढ्यो गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भइरहँदा नबिल, सनराइज, लक्ष्मी, एनआईसी एशिया र एभरेष्ट बैंक भने खराब कर्जा वृद्धि हुने सूचीमा रहेका छन् । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नबिल बैंकको शून्य दशमलव ५१ विन्दुले खराब कर्जा वृद्धि भएको छ । यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्म १ दशमलव ११ प्रतिशत पुगेको छ । त्यस्तै खराब कर्जा बढ्ने दोस्रो स्थानमा रहेको सनराइज बैंकको शून्य दशमलव ३५ विन्दुले, तेस्रो स्थानमा रहेका लक्ष्मी र एभरेष्ट बैंकको बराबरी शून्य दशमलव शून्य ७ विन्दुले र चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकको शून्य दशमलव शून्य ४ विन्दुले खराब कर्जा वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमाससम्म खराब कर्जा बढेर लक्ष्मी बैंकको शून्य दशमलव ८३ प्रतिशत, एभरेष्ट बैंकको शून्य दशमलव २६ र एनआईसी एशिया बैंकको शून्य दशमलव ४७ प्रतिशत कायम भएको छ । कुमारी बैंक भने खराब कर्जा स्थिर राख्न सफल भएको छ । यो बैंकको गत आवको दोस्रो त्रैमाससम्म खराब कर्जा १ दशमलव शून्य ६ प्रतिशत थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा पनि १ दशमलव शून्य ६ प्रतिशत कायम राख्न सफल भएको छ ।

राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका अधिकांश विकास बैंक खराब कर्जा घटाउन सफल भएका छन् । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये पाँचओटा विकास बैंकले खराब कर्जा घटाउन सफल भएका हुन् । खराब कर्जा घटाउनेमा मुक्तिनाथ, साइन रेसुङ्गा, सांग्रिला, लुम्बिनी र महालक्ष्मी विकास बैंक रहेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा ४ दशमलव ७९ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दशमलव ९ विन्दुले घटेर २ दशमलव ८९ प्रतिशतमा झरेको छ । खराब कर्जा बढी घटाउने दोस्रो स्थानमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकले एक वर्षको अवधिमा खराब कर्जा १ दशमलव २८ विन्दुले घटाउन सफल भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा २ दशमलव ४३ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ दशमलव १५ प्रतिशतमा झरेको छ । लुम्बिनी विकास बैंकले पनि खराब कर्जा शून्य दशमलव ८४ विन्दुले घटाउन सफल भएको छ । यो बैंकको गत आवको दोस्रो त्रैमाससम्म खराब कर्जा २ दशमलव ५१ प्रतिशत रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर १ दशमलव ६७ प्रतिशतमा झरेको हो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खराब कर्जा शून्य दशमलव २९ विन्दुले र मुक्तिनाथ विकास बैंकको खराब कर्जा शून्य दशमलव शून्य ४ विन्दुले घटेको छ । तीनओटा विकास बैंकको खराब कर्जा बढ्यो चालू आवको दोस्रो त्रैमासम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये तीनओटाको खराब कर्जा बढेको छ । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा गरिमा, कामना सेवा र ज्योति विकास बैंकको खराब कर्जा बढेको छ । सबैभन्दा बढी खराब कर्जा वृद्धि हुनेमा ज्योति विकास बैंक रहेको छ । यो बैंकका गत आवको दोस्रो त्रैमासको तुलनामा खराब कर्जा शून्य दशमलव ७९ विन्दुले वृद्धि भएको छ । त्यसैगरी कामना सेवा विकास बैंकको शून्य दशमलव १८ विन्दु र गरिमा विकास बैंकको शून्य दशमलव शून्य २ विन्दुले खराब कर्जामा वृद्धि भएको छ । खराब कर्जा बढेर ज्योति विकास बैंकको १ दशमलव ४७ प्रतिशत, कामना सेवा विकास बैंकको १ दशमलव ७७ प्रतिशत र गरिमा विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत पुगेको छ ।

अर्ब क्लबमा उक्लियो महालक्ष्मी विकास बैंक

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसैगरी गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । बैंकले उल्लेख्य रूपमा खराब कर्जा घटाई  गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झारेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकको नाफामा उल्लेख्य सुधार, ईपीएस पनि बढ्यो

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ५५ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले २९ करोड ४१ लाख खुद नामा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ९५ करोड ६३ लाख पुगेको छ । गत वर्ष यही अवधिमा ५९ करोड रहेको खुद ब्याज आम्दानी पनि बढेर ८३ करोड ७६ लाख पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.४५ रुपैयाँबाट २८.७३ रुपैयाँमा पुगेको छ ।यस अवधिमा बैंकले ९७ अर्ब १६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ८६ अर्ब ९० करोड निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो ।गत वर्षको प्रथम त्रैमासमा ०.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.२३ प्रतिशत पुगेको छ ।