खराब कर्जायुक्त शीर्ष तीनमा सरकारी बैंक

निजी क्षेत्रका बैंकको तुलनामा सरकारी स्वामित्वका तीनवटा वाणिज्य बैंकहरू ऋणीलाई दिएको कर्जा समयमै उठाउन कमजोर देखिएका छन् । चालू आर्थिक वर्षको ६ महिनाभित्र तुलनात्मक रूपमा कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) दर उच्च देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा २७ वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) औषतमा १.१५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार सरकारी स्वामित्वको तीन वाणिज्य बैंकसहित २४ निजी बैंकहरूले आर्थिक वर्षको पुस मसान्तसम्म प्रवाह

सम्बन्धित सामग्री

२१ बैंकको खराब कर्जा घट्यो

काठमाडौं । कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ ओटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन् । २७ ओटा वाणिज्य बैंकमध्ये २१ ओटा बैंक खराब कर्जा घटाउन सफल भएका छन् । सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ । यो बैंकले गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा मा १ दशमलव ५४ विन्दुले खराब कर्जा घटाउन सफल भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा घटेर शून्य दशमलव ३७ प्रतिशत कायम भएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा १ दशमलव ९१ प्रतिशत थियो । खराब कर्जा घटाउनेमा दोस्रो स्थानमा हिमालयन बैंक लिमिटेड रहेको छ । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा यो बैंकको खराब कर्जा १ दशमलव ४१ विन्दुले घटेर चालू आवको दोस्रो त्रैमाससम्ममा शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । खराब कर्जा बढी घटाउने तेस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १ दशमलव १७ विन्दुले घटाउन सफल भएको छ । यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । सबैभन्दा बढी खराब कर्जा सरकारी बैंकको चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी खराब कर्जा हुने शीर्ष स्थानमा सरकारी स्वामित्वका तीनओटा वाणिज्य बैंक रहेका छन् । यस अवधिसम्ममा सबैभन्दा बढी खराब कर्जा हुने सरकारी बैंक पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक, दोस्रो स्थानमा कृषि विकास बैंक र चौथो स्थानमा नेपाल बैंक रहेको छ । बढी खराब कर्जा हुने तेस्रो स्थानमा भने निजीक्षेत्रबाट सञ्चालित नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३ दशमलव शून्य ६ प्रतिशत रहेको छ । त्यसैगरी कृषि विकास बैंकको २ दशमलव शून्य ८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २ दशमलव शून्य ६ प्रतिशत र नेपाल बैंकको १ दशमलव ९१ प्रतिशत खराब कर्जा रहेको छ । १५ ओटा वाणिज्य बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि छ । यीमध्ये तीनओटाको खराब कर्जा २ प्रतिशतभन्दा माथि छ । सबैभन्दा कम खराब कर्जा नेपाल एसबीआईको गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा खराब कर्जा शून्य दशमलव शून्य ५ विन्दुले घटाउन सफल भएको नेपाल एसबीआई बैंकको चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम खराब कर्जा रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा यो बैंकको खराब कर्जा शून्य दशमलव १४ प्रतिशत कायम भएको छ । त्यस्तै खराब कर्जा कम भएको बैंकको दोस्रो स्थानमा एभरेष्ट बैंक र तेस्रो स्थानमा सानिमा बैंक रहेका छन् । चालू आवको दोस्रो त्रैमाससम्ममा खराब कर्जा एभरेष्ट बैंकको शून्य दशमलव २६ प्रतिशत र सानिमा बैंकको शून्य दशमलव ३१ प्रतिशत कायम भएको छ । पाँच वाणिज्य बैंकको खराब कर्जा बढ्यो गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भइरहँदा नबिल, सनराइज, लक्ष्मी, एनआईसी एशिया र एभरेष्ट बैंक भने खराब कर्जा वृद्धि हुने सूचीमा रहेका छन् । गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नबिल बैंकको शून्य दशमलव ५१ विन्दुले खराब कर्जा वृद्धि भएको छ । यो बैंकको खराब कर्जा चालू आवको दोस्रो त्रैमाससम्म १ दशमलव ११ प्रतिशत पुगेको छ । त्यस्तै खराब कर्जा बढ्ने दोस्रो स्थानमा रहेको सनराइज बैंकको शून्य दशमलव ३५ विन्दुले, तेस्रो स्थानमा रहेका लक्ष्मी र एभरेष्ट बैंकको बराबरी शून्य दशमलव शून्य ७ विन्दुले र चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकको शून्य दशमलव शून्य ४ विन्दुले खराब कर्जा वृद्धि भएको छ । चालू आवको दोस्रो त्रैमाससम्म खराब कर्जा बढेर लक्ष्मी बैंकको शून्य दशमलव ८३ प्रतिशत, एभरेष्ट बैंकको शून्य दशमलव २६ र एनआईसी एशिया बैंकको शून्य दशमलव ४७ प्रतिशत कायम भएको छ । कुमारी बैंक भने खराब कर्जा स्थिर राख्न सफल भएको छ । यो बैंकको गत आवको दोस्रो त्रैमाससम्म खराब कर्जा १ दशमलव शून्य ६ प्रतिशत थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा पनि १ दशमलव शून्य ६ प्रतिशत कायम राख्न सफल भएको छ ।