मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४ करोड ५५ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले २९ करोड ४१ लाख खुद नामा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ९५ करोड ६३ लाख पुगेको छ । गत वर्ष यही अवधिमा ५९ करोड रहेको खुद ब्याज आम्दानी पनि बढेर ८३ करोड ७६ लाख पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४.४५ रुपैयाँबाट २८.७३ रुपैयाँमा पुगेको छ ।यस अवधिमा बैंकले ९७ अर्ब १६ करोड निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ८६ अर्ब ९० करोड निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो ।गत वर्षको प्रथम त्रैमासमा ०.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ०.२३ प्रतिशत पुगेको छ ।