काठमाडौँ – राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको दाबीसहित दुईनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्दा दायर गरेको छ। विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुले विभिन्न खालका एप्सहरुको प्रयोग गरेर अवैध रुपमा अनलाइनमार्फत कारोबार गरेको विभागको दाबी छ। उनीहरु क्रिप्टोकरेन्सीमा संलग्न भएको […]