पछिल्लो ५ महीनामा ११८ करोडको छुर्पी निर्यात : नेपालले गुणस्तर प्रमाणीकरण गरे निर्यात अझ बढ्ने व्यवसायीको भनाइ

काठमाडौं। नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा पछिल्लो समय छुर्पी पनि पर्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महीनामा नेपालबाट ५ लाख ९७ हजार २१६ किलोग्राम छुर्पी निर्यात भएको तथ्यांक छ । त्यसबाट १ अर्ब १८ करोड ७३ लाख रुपैयाँ मुलुक भित्रिएको छ ।  गत आवको सोही अवधिमा नेपालबाट १ अर्ब १० करोड १० लाख ४८ हजार रुपैयाँ बराबरको ५ लाख ९४ हजार ८६ किलोग्राम छुर्पी निर्यात भएको थियो । गत आवको ५ महीनाको तुलनामा चालू आवको सोही अवधिमा छुर्पी निर्यात परिमाण शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । निर्यातबाट भित्रिएको रकम भने ७ प्रतिशतले बढेको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग उच्च भएको भन्दै सम्बद्ध व्यवसायीले निर्यात बढाउनुपर्नेमा जोड दिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ । आव २०७५/७६ पछि वार्षिक रूपमा १ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात भइरहेको देखिन्छ ।  निर्यात परिषद् नेपालका अध्यक्ष रेशम पोख्रेलले नेपालले शून्य भन्सार सुविधामा छुर्पी निर्यात गर्दै आएको बताए । शून्य भन्सारको लाभ लिन नेपालले निर्यात परिणाम बढाउनुपर्ने उनको भनाइ छ । ‘निर्यात बढाउन सरकारले गुणस्तर प्रमाणीकरण गर्नुपर्छ,’ उनले भने, ‘अन्य सबै देशमा छुर्पीको गुणस्तर प्रमाणीकरणको व्यवस्था मिलाएर उत्पादनलाई प्रोत्साहन दिनुपर्छ ।’ नेपालबाट अमेरिका, क्यानडालगायत देशमा छुर्पी निर्यात हुँदै आएको छ । नेपालबाट धेरैजसो यूरोपेली देशमा दुग्धजन्य उत्पादन निर्यात गर्न पाइँदैन । ‘किनभने नेपालका उत्पादनको गुणस्तर प्रमाणपत्र छैन,’ पोख्रेलले भने, ‘नेपालको छुर्पी उपभोग गर्नयोग्य छ कि छैन भन्ने प्रमाणीकरण गर्ने व्यवस्था नै छैन, त्यसले गर्दा धेरैजसो देशले लैजाँदैनन् । सरकारले त्यो व्यवस्था गरिदिए नेपालको छुर्पी विश्वको जुनसुकै देशमा निर्यात गर्न सकिन्छ ।’ उनले अमेरिकामा कुकुर, बिरालोलाई खुवाउन छुर्पी माग हुने गरेको बताए । नयाँ ‘पेट फुड’मा के राख्ने भन्नेमा अनुसन्धान गर्दा छुर्पी उत्कृष्ट देखिएपछि अमेरिकाको रोजाइमा परेको उनको भनाइ छ ।  परिषद्का अनुसार नेपालमा वार्षिक १० लाख किलोग्रामभन्दा बढी छुर्पी उत्पादन हुन्छ । नेपालको छुर्पी विश्वका विभिन्न मुलुकमा जाने गरेको छ । नेपालबाट सबैभन्दा धेरै छुर्पी अमेरिका निर्यात भएको तथ्यांकले देखाउँछ । चालू आवको ५ महीनामा १ अर्ब ३ करोड रुपैयाँ बराबरको ५ लाख १५ हजार ९२४ किलोग्राम छुर्पी अमेरिका निर्यात भएको देखिन्छ ।  नेपाली छुर्पी धेरै निर्यात हुने दोस्रो देशमा क्यानडा पर्छ । पछिल्लो ५ महीनामा क्यानडामा ८ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरको ३७ हजार ५३९ किलोग्राम छुर्पी निर्यात भएको छ । नेपालबाट निर्यात हुने छुर्पी विशेष गरी कुकुर र बिरालोको खानामा प्रयोग हुन्छ । एक किलोग्राम छुर्पी बनाउन २२ लिटर दूध आवश्यक पर्ने पोख्रेल बताउँछन् । ‘अहिले प्रशस्त दूध भएकाले छुर्पी उत्पादन बढी गर्न सकिन्छ,’ उनले भने ।

सम्बन्धित सामग्री

निर्यात व्यापार निराशाजनक

चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको तीन महिनामा निर्यात करिब २४ अर्ब रूपैयाँले घटेको छ।...

आयात निर्यात दुवै खुम्चियो

चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन–भदौ) मा मुलुकको आयात निर्यात दुवै खुम्चिएको छ। आयात खुम्चिनु राम्रो भए पनि निर्यात घटनु राम्रो संकेत होइन।...

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।...

सुरु भयो सिमेन्ट निर्यात

सुरु भयो सिमेन्ट निर्यात काठमाडौं । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेन’ सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ । शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा […]

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन 'तानसेन' सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ।शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जा

नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

काठमाडौं, असार २५ । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल(७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ‘तानसेनु सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार […]

कफीको निर्यात बढ्यो

कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको तथ्यांकले कोभिड संकटमा पनि नेपालमा यसको निर्यात उत्साहजनक पाइएको हो । कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि

अलैंचीको निर्यात बढ्यो

काठमाण्डाै - अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो । अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ कर...

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

निर्यात व्यवसायी महासंघले तीन वर्षमा निर्यात दोब्बर पार्ने

निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको बताएको छ