कफीको निर्यात बढ्यो

कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७÷७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको तथ्यांकले कोभिड संकटमा पनि नेपालमा यसको निर्यात उत्साहजनक पाइएको हो । कोभिडका कारण विश्वनै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात करिव डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि

सम्बन्धित सामग्री

कफी निर्यात ११ र आयात १ सय ५५ प्रतिशतले बढ्यो

काठमाडौं। पछिल्लो समय नेपालमा कफी संस्कृतिको विकास भएसँगै यसका प्रयोगकर्ता बढेका छन् । फलस्वरूप नेपाली कफी निर्यातभन्दा विदेशी कफी आयात हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष (आव) २०७९/८० मा कफी निर्यात ११ प्रतिशतले बढ्दा आयात १ सय ५५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार आव २०७९/८० मा नेपालबाट १३ करोड ४ लाख ४१ हजार रुपैयाँको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको ४ सय ५० मेट्रिक टन कफी आयात भएको छ । यस वर्ष नेपालमा ३ हजार ६ सय ५५ हेक्टर जमीनमा कफीखेती भएको तथ्यांक छ । अघिल्लो आव २०७८/७९ मा ११ करोड ७० लाख ८५ हजार रुपैयाँको ६९ दशमलव ५१ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २ सय ७९ दशमलव ८१ मेट्रिक टन कफी आयात भएको तथ्यांकले देखाएको छ । यस वर्ष नेपालमा ३ हजार ३ सय ४३ हेक्टर जमीनमा कफीखेती भएको थियो । यो तथ्यांकले नेपालमा कफी प्रयोग गर्नेको संख्या बढेको छ भनेर सजिलै अनुमान लगाउन सकिने देखिन्छ । बोर्डका निर्देशक डा. दीपक खनालले कफी आयात अप्रत्याशित रूपले बढ्नुको प्रमुख कारण आन्तरिक खपत भएको बताए । उनका अनुसार पछिल्लो समय नेपालमा कफी पिउने प्रवृत्ति संस्कृतिकै रूपमा विकास भइरहेकाले क्याफे तथा आउटलेटको संख्या पनि ह्वात्तै बढेको पाइन्छ । ‘कफीको प्रयोग बढ्दै गयो, उक्त अनुपातमा उत्पादन वृद्धि हुन सकेन । यसले आयातलाई प्रोत्साहन गरेको देखिन्छ,’ उनले भने । खनालका अनुसार नेपालमा खपत हुने कफीको ठूलो परिमाण छिमेकी राष्ट्र भारतबाट आयात हुन्छ । पछिल्लो समय कफीको मूल्य पनि व्यापक बढेको छ । यसअघि कफी आयात गर्दा भन्सारमा ४० प्रतिशत शुल्क लाग्ने गरेकोमा अहिले ५८ प्रतिशतसम्म लाग्छ । ‘यसले पनि मूल्यको हिसाबले आयात तुलनात्मक रूपमा बढी देखिन्छ,’ उनले भने । बोर्डको तथ्यांकअनुसार नेपालमा कफी रोपण क्षेत्र बढ्दै गए पनि उत्पादनचाहिँ घट्दै गएको छ । आव २०७१/०७२ मा २ हजार ३ सय ८१ हेक्टर जमीनको खेतीबाट ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७९/८० मा ३ हजार ६ सय ५५ हेक्टरको खेतीबाट ३ सय ९४ मेट्रिक टन मात्रै उत्पादन भएको छ । नेपालमा कफी खेती हुने क्षेत्रफलको तुलनामा उत्पादन बढ्न नसक्नुमा कफीको प्रजातिमा अनुसन्धान नहुनु एउटा कारण भएको निर्देशक खनाल बताउँछन् । उनका अनुसार नेपालमा वर्षौंदेखि अराबिका प्रजातिको कफी मात्रै खेती भइरहेको छ । अरू प्रजातिले उत्पादन राम्रो दिन सक्छ कि भन्ने विषयमा अनुसन्धान हुनुपर्ने आवश्यकता उनले औंल्याए ।  कफी रोपिसकेपछि उत्पादन हुन ४/५ वर्ष लाग्ने हुन्छ । यसले गर्दा यस वर्ष खेती भएको कफी तथ्यांकमा समावेश भइसकेको हुन्छ । त्यसले प्रतिफल दिन ४/५ वर्ष कुर्नुपर्ने भएकाले खेती भएको क्षेत्रफलको तुलनामा उत्पादन कम देखिन गएको उनको भनाइ छ ।

१० वर्षअघिको आर्थिक अभियानबाट : स्वदेशी ‘फिल्टर’ कफीको माग बढ्यो

नेपाली बजारमा स्वदेशमा उत्पादित ‘फिल्टर’ कफीको माग बढेको छ । नेपालमा कफीको ४० प्रतिशत खपत स्वदेशी बजारमा हुन थालेको व्यवसायीहरूले बताएका छन् । ‘तीन वर्षअघिसम्म उत्पादनको ९∞प्रतिशतभन्दा बढी हिस्सा विदेश निर्यात हुन्थ्यो,’ नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले भने, ‘स्वदेशमै कफीको बजार ह्वात्तै विस्तार भएको छ ।’ केही वर्षअघिसम्म भारतलगायतका देशबाट आयातित कफीमा निर्भर नेपालले हाल विदेशी कफीलाई विस्थापित गर्न थालेको बताइन्छ । गतवर्ष नेपालले ४ सय २९ मेट्रिक टन ‘पार्चमेण्ट कफी’ (बोक्रा छोडाइएको दाना कफी) उत्पादन गरेको तथ्यांक छ । ‘विदेशी कफीलाई ३५ प्रतिशत विस्थापित गरिसकेका छौं,’ भण्डारीले भने, ‘अबको ७/८ वर्षभित्र विदेशी कफीलाई पूर्णतया विस्थापित गर्न सकिन्छ ।’  वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७

कफी निर्यात ६६ प्रतिशतले बढ्यो

काठमाडौं । कफीको निर्यात ६६ प्रतिशतले बढेको छ । गुणस्तरीयताका हिसाबले नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सफल भएकाले विश्वबजारमा नेपाली कफीको माग दिनप्रतिदिन बढ्दै गएको हो । नेपालमा उत्पादित कुल कफीको करीब २५ प्रतिशत कफी विदेशी बजारमा निर्यात हुँदै आएको बताइएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा नेपालले ५ करोड ७७ लाख रुपैयाँ बराबरको ४६ दशमलव ८९ मेट्रिकटन कफी निर्यात गरेको थियो भने आव २०७७/७८ सम्म आइपुग्दा यो परिमाण करीब ६६ प्रतिशतले वृद्धि हुँदै ९ करोड ६० लाख रुपैयाँ बराबरको ७२ दशमलव ४८ मेट्रिकटन कफी निर्यात भएको छ । निर्यात बढेसँगै सोही वर्ष नेपालमा कफीको आयातसमेत घटेको तथ्यांकले देखाएको छ । आव २०७६/७७ मा ११ करोड ८८ लाख रुपैयाँ बराबरको २ सय ६६ मेट्रिकटन कफी नेपाल आयात भएकोमा आव २०७७/७८ मा १० करोड ६७ लाख रुपैयाँ बराबरको १ सय ९८ दशमलव ७६ मेट्रिकटन मात्रै कफी नेपाल आयात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपाली कफीले अन्तरराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्यसमेत प्राप्त गर्दै आएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली कफीको माग अन्तरराष्ट्रिय बजारमा दिनप्रतिदिन बढ्दै जानुले नेपालमा कफीको खेतीको सम्भावना बढ्दै गएको देखाएको बताएका छन् । १७औं राष्ट्रिय कफी दिवसको पूर्वसन्ध्यामा कीर्तिपुरस्थित बोर्डको कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डले आज (मङ्सिर १ गते) आफ्नै कार्यालयमा ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन व्यावसायिक कफी उत्पादनमा युवाको योगदान’ भन्ने नारालाई आत्मसात् गर्दै १७औं राष्ट्रिय कफी दिवस मनाउने भएको छ । कफी किसानहरूलाई संरक्षण र प्रोत्साहन गर्दै कफीक्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफिखेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको जानकारी दिइएको छ । दिवसको अवसरमा बोर्डले यस वर्षका लागि कच्चा कफीको न्यूनतम समर्थन मूल्यसमेत तोकेको छ । बोर्डले ए ग्रेडको फ्रेस चेरीकफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ, बी ग्रेडको फ्रेस चेरी प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ । त्यसैगरी पार्चमेन्ट ए ग्रेडको कफी प्रतिकेजी ४ सय ५० रुपैयाँ, पार्चमेन्ट बी ग्रेडको ३ सय ९७, ड्राइचेरी ए ग्रेडको प्रतिकेजी १ सय ४८ र ड्राइचेरी बी ग्रेडको मूल्य प्रतिकेजी ९५ रुपैयाँ तोकिएको छ ।