कम्युनिस्ट एकताको चर्चा : वामदेवमा उत्साह, साना दलमा निराशा !

 संसदीय चुनावअघि पुनः कम्युनिस्ट एकताको चर्चासँगै केही प्रयास र पहल समेत हुन थालेका छन् । त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि एमाले नेता घनश्याम भुसाल र भर्खरै पार्टी गठन गरेका वामदेव गौतमसमेतले सक्रियता देखाएका छन् । उनीहरुले वाम गठबन्धन हुँदै कम्युनिस्ट एकताको प्रयास गरे पनि साना कम्युनिस्ट पार्टीका नेताहरू भने तत्काल कम्युनिस्ट एकताको सम्भावना नरहेको बताउँछन् ।साना कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टीहरुबीच ध्रुवीकरणको आवश्यकता रह

सम्बन्धित सामग्री

दशकको यात्रामा संविधान कार्यान्वयन

संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नतर्फ दलहरूले ध्यान पुर्‍याउन नसक्दा देशमा निराशा बढेको चर्चा पनि उत्तिकै छ । राजनीतिक दलहरूले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दा पनि ओझेमा पारेका छन् ।

सामाजिक गतिशीलताको संकटले हुर्काइरहेको युवा विद्रोहको जोखिम

युवा र आमनागरिकमा सामाजिक निराशा बढ्दो छ भने दल र सरकारप्रति कुनै विश्वास देखिंदैन। सामाजिक अविश्वास र असमानताको संकटले युवामा आएको विरक्तिको परिणाम राजनीतिक दल र सरकारले नै भोग्नुपर्छ।

चर्चा पाइयो मत पाइएन

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकामा चर्चाको उचाइमा रहेका केही युवाले विजय हुनेगरी मत भने पाउन सकेनन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी यमी भट्टराईको हारले बाबुरामलाई दुःख लाग्नु स्वाभाविकै हो । छोरीलाई काठमाडौं– ७ मा उम्मेदवारी दिलाउन सफल भएपछि गोरखा–२ मा टिकट साटेको चर्चा चलेका डा. भट्टराईले छोरीको हारसँगै दुवै हातमा निराशा च्याप्नुप¥यो […]

अनि देश कसरी बन्छ ?

श्रीलङ्काको वर्तमान अवस्थाले नेपाल र नेपालीलाई झस्काएको छ । अहिले जताततै देशको अर्थतन्त्रको बारेमा चर्चा सुनिन्छ । देश चलाउने शासकहरुको अर्कमण्यता, अदुदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थका कारण देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्था तर्फ उन्मुख भयो । हरेक नागरिकलाई यो थाहा छ कि देशको आर्थिक अवस्था बिग्रँदो बाटोमा छ ।आम मानिसमा निराशा मात्र छ किनकि उनीहरुलाई जीवन धान्न नै गाह्रो छ । देशका शासकले फेयर काम गर्दैनन् । उनीहरु पपुलिष्ट काम मात्र गर्छन् । पपुलिष्ट काम दिगो हुँदैन, जुन नाटक मात्र हो ।

निर्वाचनप्रति असीम निराशा

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलहरुबीच चुनावी गठबन्धन र तालमेलको चर्चा चुलिदै गएको छ । स्थानीय तह होस् वा प्रदेश तह वा संघीय तह, जसरी पनि सत्तामा पुग्नैपर्ने मनशायका साथ दलहरु लागिपरेका छन् । विगतमा जनताले दुई तिहाइ निकटको बहुमत दिंदा पनि दलले राजनीतिक स्थायित्व र विकास दिन नसकेका कारण […]

'स्मार्ट सिटी' नजिकैको 'अनस्मार्ट' गाउँ– टिक्रा लहलौरा

दाङ – टिक्रा लहलौरा लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा रहेकाे एक सानो गाउँ हो । थारु समुदायको बाहुल्यता भएको यस गाउँमा ब्राह्मण, क्षेत्री समुदायका मानिसहरूको बसोबास छ । भनाइमा चर्चा कमाएको 'स्मार्ट सिटी' तुलसीपुरबाट झन्डै ६ किलोमिटर नजिक लहलौरा गाउँ विकासका दृष्टिकोणले हेर्दा भने स्मार्ट छैन । उपमहानगरपालिकाभित्र पर्ने यो गाउँमा विकासका पूर्वाधार नियाल्ने हो भने हर्ष मान्ने खालको विकास भएको देखिँदैन । नागरिकमा हर्ष भन्दा निराशा बढी देख्न सकिन्छ । २०२२ सालमा...

विदेशी लगानीमा निराशा

अन्य देशलेजस्तै नेपालले पनि विकासका लागि वैदेशिक लगानी आकर्षित गर्न भरमग्दुर प्रयास गरेको छ । यसका लागि एकद्वार प्रणाली, लगानी बोर्ड स्थापना लागतका कामका साथै विभिन्न कानूनहरूको निर्माण र संशोधन पनि गरेको छ । तर, जति सुधार गरे पनि वैदेशिक लगानी खासै बढ्न सकेको छैन । त्योभन्दा पनि बढी निराशाको पक्ष यहाँबाट राम्रै आम्दानी गरेका लगानीकर्ताले पनि लगानी थपेका छैनन् । बरु धमाधम आप्mनो लगानी फिर्ता लगिरहेका छन् । नेपालको बैंकिङ क्षेत्र यसको उदाहरण हो । नेपालका निजी बैंकहरूको पहिले थुप्रै विदेशी लगानीकर्ता थिए । ती बैंकले अहिले पनि राम्रै मुनाफा दिइरहेका छन् तर ती बैंकबाट विदेशी कम्पनीहरूले लगानी फिर्ता लाने क्रम बढ्दो छ । हिमालय बैंकबाट पाकिस्तानी समूह बाहिरिन प्रयास गरिरहेको छ । बंगलादेश बैंकबाट बंगाली समूह बाहिरिन खोज्दै छ । यसअघि नबिल बैंकबाट पनि विदेशी लगानीकर्ता बाहिरिएका थिए । इन्डास्वेज बैंकको अहिले नामोनिसानै छैन । यसले नेपालमा वैदेशिक लगानी थपिने होइन, घट्दै जाने तथ्यलाई संकेत गरेको छ । हविव बैंकले नेपालको हिमालयन बैंकमा २० प्रतिशत शेयर लगानी गरेको थियो । उसले आप्mनो स्वामित्वको शेयर संस्थापक शेयर विक्री गर्न चाहेको र त्यसका लागि प्रक्रिया शुरू गरिदिन आग्रह गरेको थियो । अहिले इन्भेस्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकको पाकिस्तानी अंश नेपाली कम्पनीहरूले किन्ने चर्चा चलेको छ । नेपाल राष्ट्र बैंकले २०७२ सालमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ पुर्याउने निर्णय सार्वजनिक गर्दा नै विदेशी बैंक संस्थाहरू हच्किएका थिए । खासगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल छोडेर जान चाहेका समाचार आएको थियो । पछि राष्ट्र बैंकले विभिन्न कुरा गरेर उसलाई रोकेको हो भनिन्छ । सरकारको विभिन्न नियामकीय नियन्त्रणका कारण पछिल्लो समय बैंकको नाफामा संकुचन आउँदै गएको छ । साथै मुनाफाको रकम बाहिर लैजान पनि किचलो भइरहेको छ । त्यसैले विदेशी लगानीकर्ता बैंकिङ क्षेत्रबाट बाहिरिन खोजेको देखिन्छ । यसबाट नेपालले ठूलै पाठ सिक्नुपर्ने देखिन्छ । वैदेशिक लगानी आकर्षित गर्ने भनेर रटान दिएर मात्रै हुँदैन, उनीहरूका लागि यो क्षेत्र साँचीकै मुनाफायुक्त लाग्नुपर्छ । त्यस्तै आफ्नो लगानी सुरक्षित हुनुका साथै लगानीको सम्मान पनि हुनुपर्छ । नेपालमा विदेशी लगानीकर्ताले यस्ता विविध समस्या भोगेकाले नै उनीहरू यहाँ पुनः लगानी गर्न वा टिकिरहन नचाहेका हुन सक्छन् । यसतर्फ नीतिनिर्माताको ध्यान जानुपर्छ । सोमप्रसाद सुवेदी वनस्थली, काठमाडौं ।

सरकार भाग्याे भन्ने लागेर उनीहरू मान्छे बचाउन मैदान उत्रिए

सबैतिर निराशा मात्रै भने छैन । सरकार आफ्नो दायित्वबाट भाग्न खाेजे पनि राज्यस्तरबाट हुनुपर्ने काम गरेर नागरिकहरू आफैँले अनुकरणयाेग्य सन्देश दिइरहेका छन् । केही उदाहरणबारे चर्चा गराैँ

https://www.onlinekhabar.com/2020/06/875541

९ असार, काठमाडौं । कोरोना र यसबाट बच्न गरिएको लामो लकडाउनका कारण सबैतिर निराशा र समस्याहरूको मात्रै चर्चा छ । तर लकडाउनले फुर्सदिलो बनेका स्याङ्जाका एक युवकले फुर्सदको समय सदुपयोग गर्दै देशैभरिका किसानको साझा समस्या …

फिल्म ‘सञ्जु’ मा रणवीर र सलमानको सवालजवाफ

अभिनेता सलमान खान अभिनित फिल्म ‘रेस ३’ जुन १५ मा प्रदर्शन भइसकेको छ । ‘रेस ३’ को जति चर्चा प्रदर्शन हुनुअघि भएको थियो, त्यसको तुलनामा प्रदर्शन पछि भने अपेक्षा अनुरुपको प्रतिक्रिया पाइरहेको छैन । फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई निराशा जनक नै भनिदिएका छन ।  यही मौकालाई हेर्दै अभिनेता रणव...