दाङ – टिक्रा लहलौरा लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा रहेकाे एक सानो गाउँ हो । थारु समुदायको बाहुल्यता भएको यस गाउँमा ब्राह्मण, क्षेत्री समुदायका मानिसहरूको बसोबास छ । भनाइमा चर्चा कमाएको 'स्मार्ट सिटी' तुलसीपुरबाट झन्डै ६ किलोमिटर नजिक लहलौरा गाउँ विकासका दृष्टिकोणले हेर्दा भने स्मार्ट छैन । उपमहानगरपालिकाभित्र पर्ने यो गाउँमा विकासका पूर्वाधार नियाल्ने हो भने हर्ष मान्ने खालको विकास भएको देखिँदैन । नागरिकमा हर्ष भन्दा निराशा बढी देख्न सकिन्छ ।
२०२२ सालमा...