सत्ता साझेदार (माओवादी केन्द्र)ले विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी जबरजस्ती अगाडि बढाइए सरकार छाड्ने चेतावनी दिएको छ ।
माओवादी संसदीय दलको बैठक पछि पार्टीका केन्द्रीय सदस्य गिरिराजमणि पोखरेलले जबरजस्ती एमसीसी अगाडि बढाइए गठबन्धन टुट्ने बताए ।
बुधवार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने निर्णय गरेको उनले बताए ।
‘हाम्रो महाधिवेशनले नै यथास्थितिमा एमसीसी पास हुँदैन भनेर निर्णय गरिसकेको अवस्थामा हामीले यसको विपक्षमा उभिने निर्णय गरेक...