काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७४ प्रतिशत घटेको छ । गत आवमा रू. ९९ लाख ७ हजार नाफा कमाएको कम्पनी चालू आवमा रू. २४ लाख ९१ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको अन्य सञ्चालन खर्चमा वृद्धि तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा ७८ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको अन्य सञ्चालन खर्चमा ७५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. ६८ लाख ३१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड २० लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ८ करोड ५८ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ५ करोड ३९ लाख सञ्चित गरेको छ । रू. ९९ करोड ४३ लाख सापटी र रू. २८ करोड ५४ लाख निक्षेप संकलन गरेको कम्पनीले रू. १ अर्ब ३६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८१, तरलता अनुपात १७ दशमलव ६५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ८३ रहेको छ ।
रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस