काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ६ करोड १६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४ करोड ४६ लाखमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ ।
त्यसैगरी कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा घटी नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. २४ लाख ८७ हजार छुट्याएकोमा चालू आवमा रू. १ करोड ३३ लाख छुट्याएको छ । त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशत घटेको छ ।
चुक्तापूँजी रू. ६ करोड २३ लाख रहेको कम्पनीले जगेडामा रू. २१ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ८ करोड ५३ लाख सापटी लिएर र रू. ८३ करोड ९४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब २७ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।