वैशाख ६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्यमा मंगलवार सकारात्मक सर्किट लागेको छ ।
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३ हजार ११ दशमलव ४० पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा आएको दोस्रो दिनदेखिनै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
यसैगरी प्रि- स्पेशल सेसनमा मंगलवारदेखि कारोबारमा भएको ग्रीन भेन्चर्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । प्रि - स्पेशल सेसनमा कम्पनीको शेयर प्रतिकित्ता रू.२७१ दशमलव १० मा पहिलो कारोबार भएकोमा बढेर रू.२९८ दशमलव २० पुगेको छ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) ७७ हजार ५५६ जनाले पाएका छन् । कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये उनीहरूले १० कित्ताका दरले आइपीओ पाएका हुन् ।यस्तै, तीमध्ये ३ जना लगानीकर्ताले चिठ्ठामार्फत थप १ कित्ता अर्थात ११ कित्ताका दरले आइपीओ पाएको कम्पनीले जानकारी दिएको छ । उनीहरूले गोला प्रथामार्फत थप १ कित्ता सेयर पाएका हुन् । कम्पनीले आज (मंगलबार) आइपीओ बाँडफाँट गरेको हो ।सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओमा २५ लाख २७ हजार १०१
काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसको नतिजा साइटमा आउन केही समय लाग्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ तीन साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, र सिडीएसको नयाँ […]
नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।
१६ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको […]
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने गरेको हो । कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच […]
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि फागुन ११ देखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने लागेको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (२५ करोड ५० लाख )को ०.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी ...
९ भदौ, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको यो निर्देशनलाई नेष्डो समृद्ध लघुवित्तले खुलेआम […]
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । सोको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ । नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेष्डो समृद्धको केन्द्रीय कार्या