पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
सुनको सिक्री नपाएको भन्दै विवाह नगरेका बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । पर्सा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह गोढ, बेहुलाका दुई जना दाइ र भिनाजुविरुद्ध आएको जाहेरी दर्ता गरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिएको छ ।
जनकपुरधाम । सुनको सिक्री नदिएको झोंकमा विवाह रद्द गरेका बेहुलासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिका- ४ का बेहुला उमेश साहसहित ५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको हो । विवाहसम्बन्धी कसुरमा ५ जनाविरुद्ध बेहुली पक्षले मुद्दा दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । सामाजिक परम्पराअनुसार […]