सुनको सिक्री नपाएको भन्दै विवाह नगरेका बेहुलासहित ५ जनाविरुद्ध विवाहसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ । पर्सा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय बेहुला उमेश साह गोढ, बेहुलाका बुवा बच्चालाल साह गोढ, बेहुलाका दुई जना दाइ र भिनाजुविरुद्ध आएको जाहेरी दर्ता गरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिएको छ ।