बेहुली पक्षसँग उनले अपेक्षा गरेअनुसारको तिलक (दाइजो) देखेनन् । तिलक नदिएको झोकमा बेहुला रिसले रन्थनिए । त्यसपछि बेहुला राजवंशी मण्डपबाट उठे । बधु पक्षले बेहुला किन मण्डपबाट उठे भन्ने जिज्ञासा राखेपछि बेहुला लक्ष्मणले डेढ तोलाको सुनको सिक्री दिए मात्र बेहुली लिएर फर्कने कुरा बताए ।