पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताएका छन् । आफूद्वारा लिखित ‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्व गभर्नर नेपालले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए ।