खाद्यले पानीले भिजेको धान नकिन्ने

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार केन्द्र राजापुरले पानीले भिजेको धान खरिद नगर्ने भएको छ । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले यहाँ २ हजार ७ सय हेक्टरमा जमिनमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको थियो । खाद्य व्यवस्था तथा व्यापार केन्द्रका प्रमुख धर्मराज पन्थले बाढी र वर्षातले भिजेको धान गुणस्तरीय नभएकाले खरिद गर्न नमिल्ने […]

सम्बन्धित सामग्री

अचानक आएको असिना पानीले बैतडीमा पाकिसेको धान र भट्मास नष्ट

बैतडी । बैतडीमा आइतबार साझँ अचानक परेको असिना पानीले धान र तरकारीबालि नष्ट गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश किसानको बालिनाली नष्ट भएको किसानहरुले बताएकाछन् । खेतमा चुट्न ठिक्क पारेको धान र भट्मास सबै सखाप भएको डिलाशैनी–७का मदन धामीले बताए । ढिलो छरेको धान र भट्मास नष्ट हुँदा किसनाहरु […] The post अचानक आएको असिना पानीले बैतडीमा पाकिसेको धान र भट्मास नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खडेरी पछिको पानीले धान पसाउने आशमा किसान

दाङ – लमही नगरपालिका-४ सेम्रहवा निवासी हरि कुमालले १० कट्ठा खेतमा धान रोपेका छन्। असार र साउन महिनामा पानी नपर्दा बोरिङ्गको पानीले जेनतेन धान रोपे। धान रोप्दा पानी थिएन। तर, धान फल्छ भन्ने आशा मरिसकेको थियो। भदौ लागेपछि पानी पर्न थाल्यो। रोपाइँ गर्दा पानी नपाएको धानले पछिल्लो पटक पानी पाउन थालेको छ। जसले गर्दा धान […]

चैते धान भित्र्याउन चटारो

चैते धान रोपेका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ । जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ ।खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार […]

बाँकेमा २० प्रतिशत धान रोपाइँ

नेपालगञ्ज – बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाइँ सुरु भएको छ। असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाइ सुरु भएको बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए। उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाइ भएको […]

गोरखामा २ करोड बराबरको धान बालीमा क्षति

११ कात्तिक, गोरखा। बेमौसमी बर्षाका कारण जिल्लामा करिव दुई करोड रकम बराबरको धान बालीमा क्षति पुगेको छ । ३ हजार ५६९ रोपनी क्षेत्रफलको धान खेति पानीले डुबाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘त्यति क्षेत्रफलमा ६ सय भन्दा बढी मेट्रिक टन धान उत्पादन हुन्थ्यो,’ कार्यालय प्रमुख परशुराम अधिकारीले भने, ‘तर सबै पानीले डुबायो ।’ गोरखा […]

धान जोगाउने प्रयास

अविरल वर्षाका कारण काटेको धान भिजेपछि धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित खेतमा कृषकले सुकाएको धान । काटेको धान पानीले भिजेपछि अधिकांश कृषकले ठूलो क्षति बेहर्नु परेको छ । तस्वीर, रासस

तस्वीर : भिजेको धान खेतमै उम्रियो

निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्वीर : सिद्धराज भट्ट/रासस

बेमौसमी वर्षा :  २ लाख हेक्टरको धान क्षति, २० प्रतिशत उत्पादन घट्ने अनुमान

काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ। देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो। यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो।निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो।  बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँ

काटेको धान खेतमा डुबेको अवस्थामा के गर्ने ? धान विज्ञको १० टिप्स

अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको छ । कतिपय ठाउँमा धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा अचानक वर्षा भएपछि डुबानमा परेर क्षति भएको छ भने कतै नकाटिएको धान पनि पानीमा डुबेको छ ।नकाटिएको भन्दा काटिएको धानलाई पानीले बढी असर गर्छ । नकाटिएको धानलाई पानीले केही दिन डुबाए पनि खासै असर गर्दैन तर पाकेको धान काटिएको अवस्थामा डुबानमा परेको छ भने चार÷पाँच दिनमै बिग्रिन्छ ।काटिसकेको धान डुबानमा परेपछि कति छिटो बिग्रिन्छ भन्ने कुरा तापक्रममा भर पर्ने विज्ञहरु बताउँछन् । १८ देखि २५ डिग्री

अविरल वर्षाले काटेको धान भिजाए पछि…

२ कात्तिक, गोरखा । केही दिनयताको अविरल वर्षाले गोरखामा धानबालीमा ठूलो क्षति भएको छ । गोरखाको बारपारसुलिकोट गाउँपालिका वडा-५ मा पाकेको धान काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्दा क्षति पुगेको   स्थानीय किसानहरुले बताएका छन् । काटेर थन्क्याउन बाँकी रहेको धान भिजेर नष्ट भएको उनीहरुले बताएका छन् । वर्षाको पानी तर्काउन किसानहरुले पानी परिरहेकै समयमा […]