काठमाडौं : केही दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पुर्याएको छ। धान भित्र्याउने समयमा देशभर परेको पानीले डुबाएर करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ। देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो। यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो।निरन्तर परेको पानीका कारण पश्चिमदेखि पूर्वका पहाड र तराईका अधिकांश भूभाग डुबानमा परेको थियो। बेमौसमी पानीले भित्र्याउने लागेको धान खेतमै डुबेसँ