काठमाडौँ महानगरपालिकाले आज सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई एउटा र काठमाडौँ महानगरको वडा ६ मा सञ्चालित स्तूपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तूपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो । महानगरलाई