काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो भेन्टिलेटर

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड