अभिनेत्री मनिषा कोइरालाद्वारा ४ थान भेन्टिलेटर सहयोग

एजेन्सी। अभिनेत्री तथा सामाजिक अभियान्ता मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। मनिषाले बिहीबार अस्पताललाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी हुन्। पछिल्ला दिनहरुमा सिनेमाबाट केही टाढा रहेकी कोइराला सामाजिक अभियानमा भने सक्रिय छिन्।