काठमाडौं : बुढ्यौली लागेको शरीर। अनुहार देशको नक्सा जस्तो। दायाँ खुट्टालाई भएको छ प्यारालाइज। चस्माबिना देखिँदैन नजिकको दृश्य। दिमागले पनि विस्तारै भुल्दै जान थालेका छन् विगत। तर, पनि प्रेमनारायण कोइरीले भुल्न सकेका छैनन् मिटर ब्याजी साहुले दिएको मानसिक पीडा।भत्किएको घर बनाउन लिएको ९ लाख रुपैयाँले उनलाई आज बेघर बनाइदिएको छ। मिटर ब्याजी साहुको फन्दामा ७७ वर्षीय कोइरी बूढो शरीर बोकेर न्याय माग्दै काठमाडौं आएका छन्।न्याय पाइन्छ कि भन्ने आशा भने उनले अझै मारिसकेका छैनन्। मिटर ब्याजीको पास