ऋण काढेर विदेश, ऋण काढेरै स्वदेश

हेटौंडाका नाम भन्न नचाहने २९ वर्षीय युवकलाई म्यानमारको रोजगारीको प्रलोभनले तान्यो। ऋण काढेर त्यहाँको एउटा कल सेन्टरमा गएका उनी फर्कने बेलामा पनि ऋण काढेरै फर्केका छन्।...

सम्बन्धित सामग्री

१५ वर्षपछि स्वदेश फर्किए लगत्तै पूर्वप्रधानमन्त्री सिनावात्रा जेल चलान

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्ष लामो निर्वाशनपछि स्वदेश फर्के लगत्तै जेल चलालन गरिनुभएको छ । मंगलबार नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय सुनाएको हो । नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत …

सरकारी कर्मचारीलाई तलब खुवाउन ऋण ?

चालू आर्थिक वर्षमा गतवर्षको जति पनि राजस्व संकलन नहुने भएपछि सरकार अत्तालिएको समाचार आएको छ । उसले विभिन्न कोषमा रहेका रकम तानेर खर्च जुटाउने तयारी गरेको छ । सरकारी कर्मचारीलाई नै तलब खुवाउन ऋण लिइएको समेत समाचार आएको छ । यसबाट नेपालको सरकार कति निकम्मा बन्दै गएको छ भन्ने पुष्टि हुन्छ । चालू आर्थिक वर्षको फागुन मसान्तमा करीब ६ खर्ब १५ अर्ब रुपैयाँ मात्रै संकलन हुने भएको छ । फागुन मसान्तसम्ममा गतवर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भएको छ । तर, गतवर्षको भन्दा २५ प्रतिशत बढी राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको छ । यो वर्ष बजेट सार्वजनिक गर्दा तय गरिएको लक्ष्यभन्दा ३० प्रतिशत कम र संशोधित अनुमानभन्दा २० प्रतिशत कम राजस्व संकलन हुने बताइएको छ । राजस्व गत आवमा भन्दा कम उठिरहेको छ । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ब्याजदर बढाउने नीति लिए पछि पछिल्लो समय उपभोग घटेको छ । यसले गर्दा आयात बढ्न सकेको छैन । सरकारले आयातमा लिएको कडा नीति खुकुलो बनाए पनि अहिले आयात घटिरहेको छ । चालू आवमा १४ प्रतिशत आयात घटेको राष्ट्र बैंकको तथ्यांक देखिन्छ । विगतका वर्षहरूमा बैंक वित्तीय संस्थाबाट कर्जा लगानी बढेको अनुपातमा आयात बढ्ने भए पनि चालू आर्थिक वर्षको ८ महीनामा कर्जाको वृद्धिदर २ प्रतिशतमा सीमित हुँदा आयात घट्दो क्रममा छ । सरकारले नै आयात घटाउने नीति लिएको हो तर यसको असर राजस्वमा परेको छ । उत्पादन बढाउन सकेको भए यस्तो कडाइको फल नेपाली उत्पादकले पाउँथे । तर, व्यापारमात्रै गर्ने नीति हाबी भएको हुँदा उत्पादनमा खुला व्यावसायिक घरानाको समेत कम रूचि देखिएको छ । यसले गर्दा उत्पादन नबढेको मात्र होइन, रोजगारी सृजना पनि हुन सकेको छैन । फलत: काम गर्ने उमेर समूहका नागरिकहरू विदेश पलायन भइरहेका छन् । कामका लागि विदेश जानेले त विप्रेषण पठाउँछन् तर अध्ययनका लागि जानेहरूले न विप्रेषण पठाउँछन् न पढाइ सकिएपछि स्वदेश फर्कन्छन् । अध्ययनका लागि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने गरेको छ भने पछि तिनले नेपालको सम्पत्ति पनि उतैतिर लैजाने गरेको पाइन्छ । यस्ले गर्दा अर्थतन्त्र सधैं जोखिमपूर्ण बनिरहेको हो । नेपालमा काम गरिरहेकाहरू पनि अहिले निराश छन् । विदेश गएकाहरू पनि स्वदेश फर्कन इच्छुक छैनन् । नेपालमै बसेर केही गर्छु भन्नेहरू पनि अहिले आएर विदेशै जानुपर्ने रहेछ भन्न थालेका छन् । पैसा भएका अभिभावकले अध्ययनका नाममा सन्ततिलाई विदेशमै बसोवास गराउन थालेका छन् । भ्रष्टाचार गरेर कमाएको पैसा हुन्डीमार्फत उनीहरूले विदेश पठाएको पनि पाइन्छ । यी परिदृश्य हेर्दा सरकारको आम्दानी घट्दै जाने तर खर्च नघट्ने अवस्थालाई नै देखाउँछ । यसो भए अर्थतन्त्र सधैं नै समस्यामा परिरहनेछ । मोहन अधिकारी कलंकी, काठमाडौं ।

साउदीमा नेपालीको बेहाल : ऋण खोजेर कमाउन गएकाहरु रित्तो हात फर्किए

साउदी अरबमा ६ महिनादेखि अलपत्र परेका १४ जना नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) को पहलमा उनीहरू नेपाल फर्किन सफल भएका हुन् । उद्धार गरिएकाहरूले ६ महिनादेखि तलब र काम दुवै नदिएर आफूलाई बन्धक बनाएर राखिएको बताएका छन् । बल्लतल्ल स्वदेश फर्किन पाएका उनीहरु अब वैदेशिक रोजगारीमा जान लिइएको ऋण कसरी तिर्ने भन्ने समस्यामा छन् ।सामाखुशीस्थित इशान ओभरसिज प्रालिमार्फत गत मार्च २९ तारिखमा उनीहरु नेपालबाट साउदी उडेका थिए ।साउदीमा करिब ६ महिना रहँदा आफूहरुले एक दिनमात्र का

एक अर्ब ऋणमा डुबेका व्यवसायी अग्रवाल पक्राउ परेपछि…

काठमाडौं, ९ फागुन । जायजेथा बेचेर भएपनि ऋण तिर्ने प्रतिवद्धता गरेर स्वदेश फर्किएका ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परी अनुसन्धानका लागि थुनामा राखिएका छन् । उनी चेक बाउन्सको उजूरीमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट शुक्रबार पक्राउ परी आइतबारदेखि चार दिनको म्याद थपेर थुनामा राखिएका हुन् । अग्रवालले विभिन्न बैंकहरुबाट गरी ८१ करोड ऋण लिएका छन् […]

‘विदेश जाँदा ऋण, गाउँमा मासिक ९० लाख आम्दानी’

पछिल्लो समय युवा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाको सङ्ख्या बढ्दो छ । करिब दुई वर्ष दुबईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका–८ सिगानाका टीकाबहादुर क्षत्रीले रु १७ लाख लगानीमा एक वर्षअघिदेखि गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गर्नुभएको थियो । २५ वर्षका क्षत्रीले विदेश बसाईपश्चात् आफ्नै गाउँ […]

उद्धार निर्देशिका कार्यान्वयनमा अलमलः ऋण लिँदै, घर फर्कंदै श्रमिक

कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको उक्त निर्देशिका साउन पहिलो साता मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो। निर्देशिकामा कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका कामदारको उद्धार गर्ने, रोजगारी

उद्धार निर्देशिकाले नछोएका श्रमिक : जो ऋण काढेर स्वदेश फर्कन बाध्य छन्

काठमाडौं : विश्वभरि महामारी बनेको कोरोनाले गर्दा वैदेशिक रोजगारीमा गएका हजारौं युवा स्वदेश फर्कन नपाएर अलपत्र परे। विदेशमा अलपत्र परेका श्रमिकको उद्धार गर्ने भन्दै सरकारले पोहोर साउनमा नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने  निर्देशिका २०७७ जारी गर्‍यो।तत्काल मन्त्रिपरिषदबाट पारित गरी कार्यान्वयन गर्ने भनियो। तर निर्देशिका कोरोनाको दोस्रो लहरपछि मात्र मन्त्रिपरिषदबाट पारित भयो। ढिलो भएकै कारणले वैदेशिक रोजगारीमा गएका हजारौं नेपाली स्वदेश फर्कन नपाएर

विदेशबाट फर्किएर व्यावसायिक बाख्रापालन

सल्यान : काम र दामको खोजीमा नेपालका धेरै युवाहरु विदेशमा भौतारिरहेका छन्। विदेशमा गएर धेरै दाम कमाउने र घरपरिवारलाई सुखमा राख्ने सोचले युवाहरु विदेश पलायन हुन्छन्। तर, केही युवाहरु भने विदेशमा पाएको दुःखलाई छाडेर स्वदेश फर्किएर स्वरोजगारमा लागेका छन्।गाउँका साथीहरु धमाधाम वैदेशिक रोजगारमा जान थालेपछि कालीमाटी गाउँपालिका–४ नयाँवनका टंकबहादुर केसी पनि ऋण खोजेर आकर्षक कमाईको प्रलोभनमा तीन वर्ष मलेसिया बसे। त्यहाँ सोचेअनुसारको काम र दान नभएपछि उनले गाउँमा फर्किएर केही गरौं भन्ने सपना देख्न थाल

मेरो तीन वर्षे वित्तीय लक्ष्य

काठमाण्डौ –  आम्दानी गर्ने बाटो पहिल्याएपछि परदेशीका श्रीमती पनि आत्मनिर्भर हुन थालेका छन् । वित्तीय साक्षरता कक्षामा बसेपछि ऋणमा डुबेका श्रीमानलाई ऋण तिर्न सघाउने, आफैं कमाएर घर खर्च धान्नेदेखि श्रीमानलाई स्वदेश बोलाउने आँट समेत बटुलेका छन् । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामीले ३९ जिल्लाका १५६ पालिकामा विप्रेषण प्राप्त गर्ने  परिवारका सदस्यका लागि वित्तीय साक्षरता क...