एआईआईबीको ऋण किन महँगो ?

काठमाडौं । एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उच्चस्तरीय प्रतिनिधिमण्डलको यो साताको नेपाल भ्रमणमा प्रधानमन्त्री, अर्थमन्त्री र उच्च सरकारी अधिकारीहरूको एउटै स्वर थियो– नेपाललाई सस्तो ब्याजदरमा ऋण दिनुपर्‍यो । एआईआईबी निर्देशक आरएमपी रथनायकको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीलाई भेटेको हो । सरकारी अधिकारीका अनुसार एआईआईबी नेपाललाई अपुग वित्तीय स्रोत उपलब्ध गराउनसक्ने एउटा महत्त्वपूर्ण अन्तरराष्ट्रिय बहुपक्षीय बंैक भए पनि तुलनात्मक रूपमा उच्च ब्याजदरका कारण नेपालले थप सहायता लिन हिचकिचाउनुपरेको छ । नेपालको पूर्वाधारका क्षेत्रमा व्यापक स्रोतको अभाव भए पनि महँगो ब्याजमा ऋण लिन सक्ने स्थिति नेपालको नरहेको उनीहरूको भनाइ छ । चीनको पहलमा स्थापना भएको यो बैंकको ऋण विश्व बैंक, एशियाली विकास बैंकजस्ता अन्य बहुपक्षीय दाताको भन्दा कति महँगो छ त जसले गर्दा राजनीतिक नेतादेखि प्रशासनिक क्षेत्रका उच्च अधिकारीसम्मले ब्याजदरको विषय जोडतोडका साथ उठाए ? अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार एआईआईबीको ब्याजदर सेक्योर्ड ओभरनाइट फाइनान्सिङ रेट (एसओएफ आर) को आधारमा तय हुन्छ । अहिले यो दर अन्य बहुपक्षीय दाताको भन्दा ज्यादै धेरै छ । यो एसओएफआर एउटा बेन्चमार्क ब्याजदर हो । यो अमेरिकी सरकारको ऋणपत्रको धितोमा ऋण प्रवाह गर्दा लाग्ने ब्याजदरमा आधारित हुन्छ । यसको दर दिनदिनै परिवर्तन हुन्छ । ‘एआईआईबीको ब्याजदर यति नै भन्ने छैन । यो एसओएफआरअनुसार परिवर्तनशील छ,’ अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले आर्थिक अभियानसँग भने, ‘हालको दर उच्च रहेकाले लिएको ऋणको पनि उच्च ब्याज तिर्नुपरेको छ ।’ फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कका अनुसार एसओएफआर गत १ महीनामा साढे ५ प्रतिशतको हाराहारी छ । फेडरल रिजर्भ बैंक अफ न्यूयोर्क अमेरिकी फेडरल रिसर्ज सिस्टमको एक भाग हो जसलाई खुला बजार सञ्चालन तथा वैदेशिक मुद्रा बजारमा हस्तक्षेप गर्ने अधिकार दिइएको छ । ‘हामीले अन्य बहुराष्ट्रिय बैंकमार्फत सहुलियत ब्याजदरमा ऋण पाइरहेको सन्दर्भमा एआईआईबीको ब्याजदर हामीलाई महँगो भयो,’ नेपालले भने । ‘त्यसैले हामीले सहुलियतपूर्ण ऋणका साथै अनुदानको अंश पनि राखेर ब्लेन्डेड (मिश्रित) खालको वित्तीय स्रोत उपलब्ध गराउनुपर्‍यो भनेका हौं ।’  सार्वजनिक ऋण व्यवस्थापन विभागका अनुसार नेपालले लिएको ऋणमा विश्व बैंक र एशियाली विकास बैंकको शून्य दशमलव ७५ देखि १ दशमलव ५ प्रतिशतसम्म मात्र ब्याजदर लगाएका छन् । एआईआईबीले निजीक्षेत्रलाई वित्तीय स्रोत उपलब्ध गराउने बाटो पनि खोलेको छ । सहसचिव नेपालका अनुसार यो बाटोबाट नेपालका निजीक्षेत्रलाई पनि वित्तीय स्रोत उपलब्ध गराउन आग्रह गरिएको छ । हालसम्म नेपाल सरकारले एआईआईबीबाट एउटा मात्र ऋण लिएको छ । सन् २०१९ को डिसेम्बरमा बैंक सञ्चालक समितिले नेपालको लुम्बिनी र कर्णाली प्रदेशका १३ जिल्लामा बिजुली वितरण प्रणाली सुधार गर्न ११ दशमलव २३ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको थियो । त्यसअघि परियोजना तयारीका लागि १० लाख डलर अनुदान पनि एआईआईबीले उपलब्ध गराएको थियो । त्यसैगरी सन् २०१९ को जुनमा निजीक्षेत्रले बनाउन लागेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका लागि ९ करोड डलर ऋण स्वीकृत गरेको थियो । यो २१६ मेगावाटको परियोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले बनाउँदै छ । यो कम्पनी केही दक्षिण कोरियाली कम्पनीहरूको समूहले प्रवर्द्धन गरेका हुन् । सहसचिव नेपालले उच्च ब्याजदरकै कारण थप परियोजनामा लगानी गर्न एआईआईबीलाई आग्रह गर्न नसकिएको बताए । ‘परियोजनाहरू त हामीसँग प्रशस्त छन् तर ब्याजदरको कुरा मिलेपछि लगानीका लागि परियोजना प्रस्ताव गरिनेछ,’ उनले भने । सन् २०१६ मा नेपालले पाँचओटा पूर्वाधार परियोजनामा लगानी गर्न एआईआईबीलाई प्रस्ताव गरेको थियो । बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा नेपाली टोलीले दुईओटा ऊर्जासँग सम्बद्ध, दुईओटा सडकसँग सम्बद्ध र एउटा शहरी पूर्वाधारसँग सम्बद्ध परियोजजना लगानीका लागि प्रस्ताव गरेको थियो । त्यसमा लुम्बिनी र कर्णाली प्रदेशमा बिजुली वितरण प्रणाली सुधार गर्न पावर डिस्ट्रिब्युशन सिस्टम अपग्रेड एन्ड एक्स्पान्सन प्रोजेक्ट, शारदा–बबई जलविद्युत् आयोजना, पोखरा–जोमसोम सडक सुधार परियोजना, सामाखुशी–टोखा–छहरे सडक निर्माण परियोजना र १८ ओटा नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि अर्बन इन्फ्रास्ट्रचर इम्प्रुभमेन्ट प्रोजेक्ट प्रस्ताव गरिएको थियो । तीमध्ये हालसम्म एउटामा मात्र एआईआईबीको ऋण प्राप्त भएको छ । सामाखुशी–टोखा–छहरे सडकमा सहयोग गर्ने वचन चिनियाँ राष्ट्रपति सी चिनफिङ सन् २०१९ मा नेपाल भ्रमणमा आउँदा दिएका थिए । नेपाल एआईआईबीको संस्थापक मुलुकमध्ये एक हो र यसको बैठकहरूमा नेपालले प्रतिनिधित्व गर्दै आएको छ । ‘लगानीका सम्भावित परियोजना एआईआईबीलाई हामीले देखाएका छौं तर उसको ऋण हामीले तिर्न सक्ने ब्याजदरमा आउनुपर्‍यो,’ अर्थ मन्त्रालयका अर्का सहसचिव धनीराम शर्माले भने । नेपाल भ्रमणका क्रममा बैंकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसहित अर्थमन्त्री वर्षमान पुन, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी भेटेर नेपालमा लगानी विस्तार गर्न आफूहरू इच्छुक रहेको बताएको थियो ।  भेटका क्रममा नेपाली अधिकारीहरूले सस्तोमा ऋण उपलब्ध गराउन आग्रह गरेका थिए । बजार मूल्य बराबरमा एआईआईबीको ऋण उपलब्ध नभएकाले नेपालले यसको वित्तीय स्रोत लिन नसकेको प्रधानमन्त्री दाहालले बताउनुभएको उहाँको स्वकीय सचिवालयले जानकारी दिएको छ । नेपालको विकास सहायता नीतिले बजार ब्याजदरमा समेत ऋण लिन सक्ने बाटो खुलाए पनि हालसम्म सरकारले यस्तो ब्याजदरमा ऋण लिएको छैन । वर्षयता स्वदेशी तथा वैदेशिक ऋणको भार व्यापक रूपमा बढेका कारण पनि नेपाल बजारको ब्याजदरमा वैदेशिक ऋण लिन हच्किएको छ ।  सन् २०२२ मा श्रीलंकाको आर्थिक संकट देखेपछि महँगो ब्याजदरमा विदेशी ऋण लिन सरकार थप सचेत बनेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४४ दशमलव २९ प्रतिशत छ । आव २०७१/७२ मा यस्तो ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा २५ दशमलव ६ प्रतिशत थियो । सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ ले कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा बढी वैदेशिक ऋण लिन मनाही गरेको छ । 

सम्बन्धित सामग्री

संसारकै सबैभन्दा महँगो गुलाफ 'जुलिएट'

तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो।...

हवाईभन्दा पैदल मार्गको भाडा महँगो

सिमकोट – माथिल्लो हुम्लाका स्थानीय वासीहरुले हवाई मार्ग भन्दा पैदल मार्गको भाडा महँगो तिर्नुपर्ने बाध्यता रहेको पाइएको छ। पैदल मार्गबाट यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएकाले सस्तो हुनुपर्ने पैदल मार्गको भाडा महँगो गर्ने गरेको हो। पैदल यात्री कृष्ण गुरुङले हवाई सेवा बन्द हुँदा सिमकोटबाट पैदल मार्ग हुँदै नेपालगञ्जसम्म पुग्न हवाईभन्दा पैदल मार्गको भाडा महँगो परेको […]

नेपालमा उत्पादित तेल महँगो हुने

काठमाडौं, जेठ १७ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु(याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल […]

महँगो निर्वाचन र फितलो परिणाम

निर्वाचन धान्न नसकिने गरेर महँगो भयो’ सचेत राजनीतिककर्मी तथा नागरिकबाट घरीघरी सुनिन्छ, यो गुनासो । निर्वाचन परिणामले विकास प्रक्रियालाई गतिशील तुल्याउन सक्यो भने भएको निर्वाचन खर्च ओझेलमा पर्छ । यदि परिणामले यथास्थितिलाई...

भारतमा भन्दा नेपालमा महँगो बन्यो पेट्रोलियमको मूल्य

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा महँगो बनेको छ । विगत लामो समयदेखि भारतको तुलनामा सस्तो मूल्य बिक्री वितरण भइरहेको पेट्रोलियमको मूल्य यतिबेला भने महँगो बनेको छ ।नेपाल आयल निगमका अनुसार भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य महँगो छ । रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । जुन, नेपालमा प्रतिलिटर १८० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । नेपालमा भारतको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ५.२३ रुपैयाँ महँगो छ ।यसैगरी, रक्सौलम

‘महँगो निर्वाचनले लोकतन्त्र खतरामा’

चुनाव खर्चिलो र महँगो हुँदै जाँदा लोकतन्त्र नै खतरामा पर्न सक्ने जोखिम रहेको विज्ञहरूले बताएका छन् । बारबरा फाउन्डेसनले बारबरा एडम्स टक सिरिजअन्तर्गत बिहीबार राजधानीमा गरेको ‘लोकतन्त्रमा महँगो निर्वाचनको मूल्य’ विषयक...

बच्चा हुर्काउन विश्वकै महँगो देश चीन

बालबालिका हुर्काउन विश्वका जुनसुकै मुलुक पनि महँगो देखिएको छ । यो मामिलामा अमेरिका कम खर्चालु देखिए पनि चीन विश्वकै महँगो देखिएको छ । बच्चा हुर्काउने मामिलामा जन्मदेखि १८ वर्षको उमेरसम्म दक्षिण कोरिया विश्वकै महँगो देखिएको छ । यो कुल ग्रार्हस्थ उत्पादनको आधारमा मापन गरिएको अनुसन्धान मुलुक फर्म जेफरिजल (जेईएफ) ले जनाएको छ । जीडीपी देशको आर्थिक गतिविधिको बृहत मापन हो ।यो मामिलामा चीन दोस्रो स्थानमा छ भने इटाली तेस्रो स्थानमा छ । अमेरिका १४ सर्वाधिक महँगा देशहरु मध्येको मध्यमा रहेको छ । यो मुलुक जर

यो हो संसारकै महँगो ह्विस्की, मूल्य यति धेरै !

सिंगल माल्ट ह्विस्कीलाई विश्वमै सबैभन्दा महँगो ह्विस्कीको रुपमा लिइन्छ । यो ह्विस्की बनाउन पनि निकै मेहनत लाग्दछ । विश्वका विभिन्न मुलुकहरूमा यो ह्विस्कीको विभिन्न प्रकारहरू उपलब्ध छ भने मूल्य पनि फरक फरक रहेको छ । सिंगल माल्टको एक बोतलको मूल्य नै निकै महँगो छ । यो मूल्यमा त घर नै खरिद गर्न पुग्ने बताइन्छ ।  यस ह्विस्कीको मूल्य करिब ३० हजार अमेरिकी डलरसम्म रहेको छ ।  केही समयपहिले सिंगल माल्ट मैकलान १९२६ को एक बोतल १.५ मिलियन डलरमा बिक्री भएको थियो ।   यो ह्विस्की करिब ३० वर्ष पूरानो हो । यसमा ३०...

युनिलिभरभन्दा महँगो भयो राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य

सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीको मूल्य सबैभन्दा महँगो भएको छ। सेयर मूल्यका आधारमा युनिलिभर सबैभन्दा महँगो रहँदै आएकोमा हाल बीमा कम्पनीले जितेको हो।

कुखुराको मासु अहिलेसम्मकै महँगो, किन?

'कुखुराको मासुको भाउ अहिलेसम्म यति पुगेको थिएन, यति महँगो भएको पहिलो पटक हो,' उनले भने।