काठमाडौंबाट -याफ्टिङका लागि अरनिको राजमार्गस्थित सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठ (२३)ले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौं उत्कृष्ट गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार -याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो ।