कोरोना भाइरसको महामारी फैलिएसँगै केही समय दोहन रोकिँदा आकर्षक देखिएको सुनकोसी नदी फेरि कुरूप देखिन थालेको छ । स्थानीय तहको ठेक्का कबोल र क्रसरको उत्खननसँगै नदी किनारमा ठूल्ठूला खाडल र बालुवाका थुप्रा देखिन्छन् ।
सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो...
सुनकोसी–मरिण डाइभर्सनको निर्माण कार्य अबको एक वर्षभित्र सम्पन्न हुने भएको छ । हालको भौतिक प्रगतिअनुसार कुनै अवरोध वा समस्या नआएमा अबको एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने आयोजनाका डिई अशोक गौतमले...
नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ।...
‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ । मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३
सिन्धुली । बिगत एक हप्तादेखि मजदुरको हडतालले बन्द रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको निर्माणको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धु्लीमा भएको सर्वपक्षीय बैठकमा मजदुरहरुको सेवा सुविधा वृद्धि गराउन आयोजना निर्माणको चिनियाँ ठेकेदार पक्ष सहमत भएपछि मजदुर काममा फर्किएका हुन् । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण […]
सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज झिकिएसँगै उदयपुरको गाइघाटदेखि खोटाङ दिक्तेलसम्मको सोझो यातयात बन्द भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने सुनकोसी नदीमा बनाइएको बेलिब्रिज झिकिएसँगै सोझो यातयात बन्द भएको...
सिन्धुली, पुस २३ । अर्थमन्त्री जनार्दन शर्माले सुनकोसी–मरिण डाइभर्सन आयोजनालाई बजेटको अभाव नहुने बताएका छन्। ‘सिन्धुलीमा निर्माण सुरु भएको सुनकोसी–मरिण डाइभर्सनलाई २० अर्ब बजेट स्वीकृत गरेको छु,’ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित तेस्रो मरिण महोत्सव उद्घाटन गर्दै मन्त्री शर्माले भने, ‘कुनै पैसाको अभाव हुन दिँदैनौँ।’ सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम […]
खोटाङ, असार २६ । दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ । निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत […]