काभ्रे : कोरोना महामारीको दोश्रो लहर चलिरहँदा काभ्रेको भुम्लु गाउँपालिकामा ‘सेटिङ’ मिलाएर दिनदाहाडै अवैध रुपमा बालुवा उत्खनन् भइरहेको छ।भुम्लु गाउँपालिकाको क्षेत्रमा पर्ने सुनकोसी नदी (दोलालघाट–बिमिरे) क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन् भइरहेको हो। गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत पर्ने सुनकोसी नदीको किनार (दोलालघाट–बिमिरे) मा बालुवाको टेन्डर आह्वान गरेको थियो।जसअन्तर्गत आँपघरबगर, आमथलीबगर, बाँधबगर, डुम्रेबगर, पशुपतिबगर, डडुवाबगर, ज्यान्दिबगर र सिलामेबगर गरि आठ ठाउँमा