प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।
प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ भइरहेको हो ।
सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले शुरुवाती बहस गरेका थिए । श्रेष्ठले गम्भीर संवैधानिक व्याख्यामा पूर्ण इजलासको माग गरे । त्यसपछि प्रधानन्यायाधीश राणाले बृहत् पूर्ण इजालस कुन निवेदनमा माग गरिएको छ भनेर प्रश्न गरे ।
त्यसपछि बहस रोकेर इजलास अधिकृतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सवै रिट पढेर सुनाइरहेको ...