यसकारण मंसिरभन्दा पर सार्न मिल्दैन चुनाव : सरकार र निर्वाचन आयोग तयार

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरमा गर्नेगरी तयारी अघि बढेको छ । सत्ता गठबन्धनमा कात्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ता चुनाव गर्नेगरी छलफल अघि बढेको छ ।  निर्वाचन आयोगले औपचारिक रुपमा निर्वाचनको मिति प्रस्ताव गरिसकेको छैन । र, सरकारले पनि औपचारिक रुपमा निर्वाचन आयोगसँग परामर्स गरिसकेको छैन ।...

सम्बन्धित सामग्री

पदीय हैसियतले पाएका सुविधा निर्वाचन प्रचारमा प्रयोग गर्न पाइन्न : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ।निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढेका वेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्ति दुरुपयोग साधनस्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न

चुनाव र चाडबाडले नरोकिएका पाइला

२९ भदौ, गौरीफन्टा । चाडबाड र चुनाव नजिकिएकाले मुलुक एकसाथ दुई ठूला उत्सवमा होमिंदैछ । घरभन्दा टाढा रहेकाहरू दशैं, तिहार, छठ, नेपाल सम्वत्, उभौली, क्रिसमस जस्ता ठूला चाड मनाउन गाउँ फर्कने योजना बनाउन थालिसकेका छन् । यसटक भने चाडबाडसँगै आमनिर्वाचन पनि हुँदैछ । ४ मंसिरमा चुनाव हुने भएकाले सरकार, निर्वाचन आयोग र दलहरुको (स्वतन्त्र उम्मेदवार […]

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि चुनाव घोषणा गरेको छ । सत्ता गठबन्धन, निर्वाचन आयोग र सम्बन्धित संघीयता विज्ञसँग परामर्श गरेर सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने घोषणा गरेको हो । चुनाव घोषणालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ बनेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी एमालेले त झन् कामचलाउ […]

यी हुन् कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा सम्भावित अनुहार, कसले मार्ला बाजी ?

काठमाडौं, १४ चैत्र । बैशाख ३० गते स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलदेखि स्थानीय तहको चुनावमा उम्मेदवार हुन चाहनेहरूले निर्वाचनका लागि आ-आफ्नो तयारी सुरु गरेका छन् । यसपटकको स्थानीय तहको चुनावमा एमालेलाई भन्दा कांग्रेसलाई काठमाडौं महानगरपालिकाको उम्मेदवार छान्न निकै सकस पर्ने देखिन्छ । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा […]

दर्ता नभएको विप्लवको दलले स्थानीय चुनावमा कसरी भाग लिन सक्छ ?

ठीक ५ वर्षअघि यतिबेलाको समयमा राजनीतिक दलहरु स्थानीय तहको चुनावको उत्साहमा थिए । हरेक ५ वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय तहको चुनाव २०५४ सालमा भएपछि लामो अन्तरालमा एकैचोटी २० वर्षपछि चुनाव हुँदै थियो । २०७४ सालमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउने अभियानमा लागिरहेका बेला विप्लव नेतृत्वको तत्कालीन माओवादी दल भने ब्यापक मात्रामा सुतली बम, प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ निर्माणको तयारीमा थिए । उनीहरु जसरी हुन्छ, धेरै भन्दा धेरै स्थानमा चुनाव बिथोल्ने भरमग्दुर प्रयासमा

ओलीको निशानामा निर्वाचन आयोगदेखि सभामुखसम्म

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे । उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह राख्ने निर्णय अमान्य हुने बताए । अध्यक्ष ओलीले सरकार, अदालत, सभामुखका साथै निर्वाचन आयोग समेत एमालेको विरुद्धमा लागिरहेको

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति घोषणामा ढिलाइ, के गर्दैछ सरकार ?

धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।  बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मि...

बुटवलमा ओली पक्षको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचन गराउनका लागि सक्षम र तयारी अवस्था रहेको पनि बताए ।  आज बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै  पौडेलले सरकारले सबै निकायका पदाधिकारीसँग छलफल गरेर तोकेकै समयमा निर्वाचन गराउने प्रस्ट पारे । उनले भने, ‘निर्वाचन आयोग चुनाव गराउन सक्छ, सुरक्षा निकाय सुरक्षा प्रदान सक्छन्, अर्

जेठ पहिलो सातासम्ममा नयाँ जनादेशसहितको सरकार बन्छ– अर्थमन्त्री पौडेल

अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।  प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।  नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए । ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरू चुनावमा लागिसके । निर्वाचन आयोग च...