नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे । उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह राख्ने निर्णय अमान्य हुने बताए । अध्यक्ष ओलीले सरकार, अदालत, सभामुखका साथै निर्वाचन आयोग समेत एमालेको विरुद्धमा लागिरहेको