अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।
नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरू चुनावमा लागिसके । निर्वाचन आयोग च...