धेरैको अनुमान बिहीवार स्थानीय चुनावको मिति घोषणा हुन्छ भन्ने थियो । जेठ ४ गते स्थानीय तहको चुनाव गर्न माघ १८ गते मंगलवार निर्वाचन आयोगले राखेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले सहर्ष स्वीकार गरेका थिए । निर्वाचन आयोग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवारसम्ममा चुनावको औपचारिक घोषणा गर्ने संकेत गरेका थिए ।
बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकोले सोही बैठकमार्फत मिति घोषणा गर्ने तयारी थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न सकेन । नेपाली कांग्रेसका नेताहरू भने एक दुई दिनमै चुनावको मि...