ठीक ५ वर्षअघि यतिबेलाको समयमा राजनीतिक दलहरु स्थानीय तहको चुनावको उत्साहमा थिए । हरेक ५ वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय तहको चुनाव २०५४ सालमा भएपछि लामो अन्तरालमा एकैचोटी २० वर्षपछि चुनाव हुँदै थियो । २०७४ सालमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउने अभियानमा लागिरहेका बेला विप्लव नेतृत्वको तत्कालीन माओवादी दल भने ब्यापक मात्रामा सुतली बम, प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ निर्माणको तयारीमा थिए । उनीहरु जसरी हुन्छ, धेरै भन्दा धेरै स्थानमा चुनाव बिथोल्ने भरमग्दुर प्रयासमा