वैकल्पिक खेलाडी सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले शुक्रबार राति आयोजक फ्रान्सलाई पराजित गरी ओलम्पिक फुटबलको स्वर्ण जितेको छ । खेलमा १–३ ले पछाडि रहेको समयमा थिएरी हेनरीको टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा ल्याए पनि स्पेनले अत्तिरिक्त समयमा बाजी मारेको थियो ।