स्वीडेन टोकियो ओलम्पिकको फाइनलमा

काठमाडौँ- स्वीडेनको महिला फुटबल टोली टोकियो ओलम्पिकको  फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा १० खेलाडीमा समेटिएको अष्ट्रेलियालाई १-० गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको हो । स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोईले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्वीडेनले स्वर्ण पदकको लागि क्यानडासँग खेल्नेछ ।