काठमाडौँ - माल्कमले १०८ औँ मिनेटमा निर्णयक गोल गरेपछि ब्राजिलले ओलम्पिक फुटबल (पुरुष) तर्फको फाइनलमा शनिबार स्पेनलाई २–१ ले पराजित गरेको छ । जितसँगै ब्राजिल लगातार दोस्रो पटक ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक विजेता बन्यो ।
आफ्नै भूमिमा भएको २०१६ ओलम्पिकमा ब्राजिलले जर्मनीलाई हराउँदै स्वर्ण जितेको थियो । …