भूकम्प पीडितलाई स्याङ्जाका तीन पालिकाको झण्डै १३ लाख सहयोग

स्याङ्जा : जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै १३ लाख सहयोग गरेका छन्।जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन्।स्याङ्जाको गल्याङ नगरपालिकाले चार लाख, भीरकोट नगरपालिकाले तीन लाख र फेदीखोला गाउँपालिकाले पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन्।गल्याङ नग

सम्बन्धित सामग्री

स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा

आर्थिक वर्ष २०७९/०८० का लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी […]

स्याङ्जा : नगरपालिकामा कांग्रेस र गाउँपालिकामा एमालेकाे वर्चस्व

स्याङ्जा – पालिका चुनाव २०७९ अन्तर्गत स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस विजयी हुँदा नेकपा एमाले पाँच गाउँपालिकामा विजयी भएको छ ।  २०७४ को चुनावमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व गरेको एमाले यस पटक पाँच गाउँपालिका र एक नगरपालिकामा सीमित भएको छ । अघिल्लो चुनावमा बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यस पटक भने प्रायः सबै पालिकामा झिनो मतान्तरले विजय...

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको…

स्याङ्जाका पाँच पालिका प्रमुखमा दोहोर्याएर मनोनयन

स्याङ्जा । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख÷अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ, पुतलीबजार नगरपालिका तथा फेदीखोला, कालीगण्डकी, हरिनास गाउँपालिकाको प्रमुखमा पुरानै उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

काँग्रेस अधिवेशन : गोपालमान श्रेष्ठलाई आफ्नै गृहनगरमा धक्का

नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । बाँकी दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ ।चापाकोट नगरपालिकामा विक्रमबहादुर सारु सभापतिमा निर्विरोध चयन भएका छन् भने अन्य सबै पालिकामा निर्वाचन भएको हो ।नेपाली काँग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले आगामी महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि दाबी गरिरहेका छन् । तर आफ्नै गृहनगर पुतली बजारमा उनको समूह पराजित भएको छ ।श्रेष्ठले

कांग्रेस अधिवेशन– स्याङ्जाका ९ पालिकाको नतिजा आयो, दुईको बाँकी

स्याङ्जाका नौ पालिकामा निर्वाचन सम्पन्न भएको छ । एघार पालिका रहेको जिल्लामा सहमति र निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुङ्गिएको हो भने दुई वटामा बाँकी छ । स्याङ्जाका भीरकोट, पुतलीबजार, चापाकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा, हरिनास गाउँपालिकामा निर्वाचन सकिएको हो । सहमतिका लागि वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नतिजा आउन सकिरहेको छैन । यी दुई पालिकामा आज निर्वाचन गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । जिल्लाको भिरकोटमा यामप्रसाद अधिकारी, गल्याङमा श्यामप्रसाद...